Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

टर्कीबाट पनि फर्किए नेपाली

टर्कीबाट पनि फर्किए नेपाली

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७७
images
टर्कीबाट पनि फर्किए नेपाली

 

युरोप,

कोरोना भाईरसबाट प्रभावित प्रवासी नेपालीहरुलाई घरफिर्ति अन्र्तगत २३ जना नेपालीहरु स्वदेश फर्किएका छन । जुलाई ११ तारिखका दिन यहा रहेका केही सक्रिय नेपालीहरुको अगुवाईमा ५ जना महिला र १८ जना पुरुष यसमध्ये २ जना विरामीहरुलाई लिएर टर्किस् विमानले उडान गरिएको हो ।

६५७ डलर यानिकी ८१००० हजारमा टिकेट किनेर नेपालीहरु स्वदेश फर्किएका हुन । स्वदेश फर्किएकाहरुको कोरोना भाईरस पिसिआर परिक्षणको ब्यवस्था डा. विनोद शाहले मिलाएका थिए भने टर्कीबाट नेपालीहरुलाई उद्दार गर्नका लागि टर्कीस नेपाली समाजका अध्यक्ष उज्जवल कुमार घिसिगं , वामन भोटे लगाएका समाजसेबीहरु निरन्तर लागेका थिए ।

टर्किसमा लगभग ७ हजार नेपालीहरु बसोबास गर्छन जस मधये ५० प्रतिशत गैरकानुनी रुपमा बसोबास गर्छन भने बाकी नेपालीहरु लिगल भएपनि लकडाउनले गर्दा काम नपाएर भौतारिएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिए ।


टर्कीमा अहिलेसम्म बैधानिक रुपमा कुनै पनि नेपाली समुदायका समाजिक सघंसस्थाहरु छैनन् । कुनै पनि नेपालीहरुलाई केही समास्या पर्यो भने केही सुनुवाई गर्दैन कन्सुलेट नामको मात्रै छ बाकी यहा रहेका नेपालीहरु प्रायः धेरै समास्यामा रहेको राम कार्की नाम परिवर्तनले जानकारी दिनु भयो । उहाका अनुसार आफुहरु पटक पटक नेपाल सरकारको सबै निकायमा यो देशमा रहेको समास्याका बारेमा अवगत गराएपनि कुनै सुनुवाई नगरेको अरोप लगाए । कार्कीका अनुसार यहा रहेका नेपालीहरुलाई खान बस्न धेरै समास्या रहेको बताउदै नेपाल सरकारले कि त बैधानिक रुपमै कन्सुलेट वा अन्य कुनै सरकारी निकाय टर्कीमा पठाउनु पर्ने कि त यहा आउने नेपालीहरुलाई बन्द गर्नु पर्ने माग गरे ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - १८:११:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend