Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टाई (कविता) - जनक कार्की

टाई (कविता) - जनक कार्की

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७७
images
टाई (कविता)  - जनक कार्की

 

१)

बहुप्रतिष्ठित कम्पनीको
कर्मचारीलाई
बाधेर राख्छ दाम्लोले
१० देखि ५ ।

२)

झुण्डिएको जिन्दगी
हल्लिरहन्छ यता र उता
सुकिलो पार्टी शर्टमा

३)

शर्टको बटनलाई
ढाकेर टाईले
लुकाउँछ
एकताको शुत्र ।

४)

टाई
सूचक हो
शाश्वत सत्यको
एक सर्को कस्सियो भने
श्वासको गतिमा
रेड लाइट बल्छ ।

५)

कालो मन
कालो धन
कालै मस्तिष्कलाई
कथित सेतो परिचय दिन्छ टाइले ।

- तानसेन, पाल्पा ।

 

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - १९:३१:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend