Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

थाकथलो(लघुकथा)- मुनाल पोखरेल

थाकथलो(लघुकथा)- मुनाल पोखरेल

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७७
images
थाकथलो(लघुकथा)- मुनाल पोखरेल

 

खडेरीमा फसल उब्जेन । अविरल बर्षा अनि पछिको बाढीले खेतबारी बगायो । बाढी मत्थर मात्र के भएको थियो । गाउँमा हैजा महामारीको रूपमा फैलियो । पछि भूकम्पले चारैतिर मृत्युको सन्त्रास फैलिएको हुँदा मानिसहरूले गाउँ छोडेर भाग्ने परिस्थिति उत्पन्न भयो ।


नछेदीको थाप्लोमा ठूलो समस्या तेर्सियो। दैवकै लठ्ठी बज्रे झैं बर्सियो । सिमानामा आवत-जावत गर्न सहज भएको हुँदा थाकथलो सोनापुर छोडेर नछेदी कोशी पूर्वको एउटा गाउँको जमिन्दारको आश्रित भएर काम गर्न थाल्यो । उसको सोनापुरमा भएको सबै सम्पत्ति विपत्तिकै समयमा नाश भैसकेको थियो । बाँकी जेथा बालुवाको ढेरीमा परिवर्तन भैसकेको थियो । चामलको भातको खोजीमा थाकथलो छोड्ने निधो गर्यो ।


नछेदीको कमाई खाने ठाउँ जमिनदारको आँगन हुन गयो । घर छाडेर कोशी नजिकै गाउँमा बसाइँ आउनु पीडादायक भए पनि अर्को अवसर ऊसँग थिएन । ऊ दिनरात मेहनत गर्थ्यो ।


" नछेदी अब यतै परिवार लिएर बस ! बरू नपुग जमिन थपौला ! " जमिन्दारले घुर ताप्दै नछेदीलाई भने । बसाइँ छोड्नुपर्ने बाध्यता भएकोले जमिन्दारको भनाइ उसलाई चित्त बुझ्यो । बसाइँ सर्दा उसले गास, बास, कपासलाई पहिलो प्राथमिकता दिनु पर्यो त्यो जमिन्दारबाट पाएकाले उनको बोली उसको लागि लाख थियो ।


उसले कोशी पूर्व खाँबो गाड्नु पूर्व थाकथलोको किलो उखल्यो । हुन त पछि हरेक वर्ष त्यहाँ जमिन पुज्न छोडेको थिएन । ऊ सपनामा पनि सोनापुरलाई अपमान गरेको सुन्न चाहँदैन थियो । झन उसको सपनामा देखिने दृश्य नै थाकथलोकै कै हुन्थ्यो । हरेक दिन बिहान निधारमा माटो लेपन गर्थ्यो ।

- बिराटनगर - १०

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - २१:०४:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend