आधुनिक भानुभक्त बिर्के टोेपीमा नेपाली रामायण कविताको श्लोक भट्टयाउँदै कान्तिपुरी नगरीका सडक र गल्लिहरूमा हिँडिरहेका बेला कलंकी बसपार्कको पेटी छेउमा भटाभट चिया बेच्दै गरेको अाधुनिक घाँसीसँग ट्वाक्क भेट भइ छक्क पर्दै सोधे — "हैन तिमी चुँदी रम्घा, तनहुँको घाँसी हैनौ र भन्या ? क्या गरिरह्याका हुन् , यो कान्तिपुरी नगरीको पेटी छेउमा ? कहिले आया हुन् गामबाट ? अाजकल किन घाँस बेच्न आयानौ भन्ठानेको ता कान्तिपुर पस्या हुन् ? घाँस बेच्न छाड्या हुन् र ?"
घाँसी पनि भानुलाई देखेर अचम्म मान्दै भन्यो — "ए ! भानुभक्त माडसाब पनि कान्तिपुरी नगरी अाउनु भया रहेछ । ल ! एक कप चिया पिउँ ! घाँस काटेर जीवन निर्वाह नहुन्या रहेछ । आखिर गाममा आजकल सबकन जवान केटाकेटी विदेशतिर भास्सिन लागन्या भया छन् । अब घाँस बेचेर बाँच्न नसकन्या रहेछ भनिकन मो पनि कान्तिपुर भास्सिएका हम । गाममा घाँस काट्न्या कौन छ र ? गाईभैंसी नपालन्या , शौखिन जनता भयापछि घाँस काट्न्याको के अर्थ छ र हौ ?तसर्थ, मो घाँस काटन्या पेशा छाडी कान्तिपुरीमा चिया बेचन्या र बाँचन्या काइदा गरिराख्या हम् ! अब ता यही चिया बेची गाम फर्केर गाम्लेका लागि आधुनिक नयाँ ट्युववेल धारा हालन्याछु । कीर्ति राखन्या एउटा काम नगरिता कसो मरौँला र ? अनि माडसाब कहिले र कति कामले पाल्नु भयाथ्यो ?"
"मो पनि कान्तिपुरी नगरीमा अचेल रामायण कति पढन्या हुन् भनीकन नियाल्दै हिँड्ने भया छु । अहिले ता घर-घरमा रामायणको सट्टा विदेशी पुस्तक पढन्या रह्याछन् । ठूल्ठूला रंगिन लेड टिभिमा, गृहिणी महिलाहरू दिनभरिदेखि राती अबेरसम्म हिन्दी सिनेमा र टेलिसिरियलहरु हेरन्या भयाछन् । बाबू-नानीहरू मोटु-पातलु हेरन्या भयाछन् ।" भानुभक्तले असन्तुष्टी पोखे ।
"तिमी ब्राम्हण जातिले अरू जातिहरूलाई हेपेर रामायण लेखी के गरन्या हुन् ? देशमा भयाका साना भारेभुरे मातृभाषा बिग्रन र लोप हुन्या भयाछन् । तिमी भानु चाहिँ सबकन नेपालीले नेपाली रामायण पढन्या हुन् कि हैनन् भनेर नियाँल्दै हिँडन्या भयाछौ ।" घाँसीले जवाफ दिए ।
" ए घाँसी, विदेशी भाषाले नेपाली भाषा अतिक्रमित हुँदा नेपाली जनले मातृभाषा जोगाउन परन्या हैन र ? यहाँ नेपाली रामायणभन्दा विदेशी किताबका चर्चा बढी हुन्या भया छन् । रामायण भलै बिक्लान् तर विदेशी किताबमा मोह गरन्याहरू बग्रेल्ती भयाछन् । नयाँ पुस्ता नेपाली रामायणभन्दा हिन्दी सिरियलमा भुलन्या रह्याछन् । सुन घाँसी, यहाँ चर्पी भन्न्या बुझन्या भन्दा पाइखाना भन्न्या बुझन्या धेरै छन् । अहिले किन टमाटर भन्न्या हुन् , गोलभेँडा किन नभन्नया हुन् ? अाधुनिक पुस्ता अाफैकन देशभित्रका अाफ्नै मातृभाषा मास्याका हुन् , बिर्स्याका हुन् । कारण, हाम्रो रामायण र राष्ट्रभाषा नभयाका हुन्, विदेशी भाषा मोह भयाका हुन् ।
- धन्यवाद
- रानपा -८ , चितवन ।