छुवाछुत विरोधी अभियानका एक अभियन्ता खड्कप्रसाद दलित सामाजिक सञ्जालबाट समेत सम्मानित समाजसेवी हुन् । उनी जातीय भेदभाव , छुवाछुत र अन्याय अत्याचारको विरुद्धमा बोलेर थाक्दै थाक्दैनन् । “परिवर्तन गर्नु छ भने शुरुवात आफैबाट गर्नुपर्छ । " भाषण गर्दा उनको यो भनाइ थेगो नै भैसकेको छ । एकदिन उनको घरमा एक जना पाहुनाको आगमन हुन्छ ।
नोकर : ”मालिक , घरमा बाहिर पाहुना आउनु भा'छ ।”
मालिक : ”भित्रै पठाइ देन, म एकछिन काम गर्दैछु ।”
नोकर :”मालिक अलि अप्ठ्यारो हुने हो कि ?मालिक्नीलाई पनि यो कुरा मन पर्दैन । के गराैँ ?"(झ्यालबाट पाहुनाले नसुन्ने गरेर बोल्छ )
मालिक : "(जङ्गिदै) हैन को हो र त्यो पाहुना ?"
नोकर : "चौपारी सेते दमाई ।"
मालिक : "धत् ! बेवकुफ यत्रो बर्ष घरमा बसेर हाम्रो संस्कार कस्तो छ भनेर भुलिसकिस् । बाहिरै उभिन भन् , म आइहालेँ ।"
- बाग्लुङ,
२०७५ असार ८