Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

साउन बिषयमा ५ सर्जकका ५ सिर्जना मुक्तक

साउन बिषयमा ५ सर्जकका ५ सिर्जना मुक्तक

नेप्लिज डायस्पोरा

९, श्रावण २०७७
images
साउन बिषयमा   ५ सर्जकका ५ सिर्जना मुक्तक

 

मुक्तक - १

अाउँनु साउन हर नारीकाे साैभाग्य लिएर
रङ्गिउँन तिम्रै रङ्गमा भक्तिका अास्था दिएर
तिम्रा भेलले बाढी पहिराेकाे प्रकाेप नबढाेस्
लागिसकेका घाउ नि बस्न सकून् चित्त सिएर ।

- शर्मिला श्रेष्ठ
भैंसेपाटी, ललितपुर हाल : परदेश

 

मुक्तक -२

सिउँदोमा सिन्दूर हातमा रातो चुरा भएपछि
सोचे जस्तै रहरहरु सबै पूरा भएपछि
खुसी साथ आनन्दले रमाउदै बस्छु म त ,
मनमा चिन्ता लिनु किन सारा कुरा भएपछि ।

- नम्रता उप्रेती
नयाँबजार, काठमाण्डौ ।

 

मुक्तक - ३

तानेर सकिएको चुरोटको ठूटो जस्तै फालिदिन्थें
खाँदाखाँदै नरुचेको बाँकी जूठो जस्तै फालिदिन्थें
ओइ निष्ठुरी मुटु बिझाउने तिम्रा अनगिन्ति यादहरू
मिले त साउने संक्रान्तिको लुतो जस्तै फालिदिन्थें ।

-मनिषा राई कार्की
सूर्यविनायक -१० भक्तपुर

 

मुक्तक - ४

हातैभरि मेंहन्दी बुट्टा, चुरा लाउन लागेकी छ्यौ !
सक्रान्तिमा मनको फोहर, नफाली कहाँ भागेकी छ्यौ ?
सानो कुरो छ लुतोपिलो, नदेखूँ कहीं दागीहिलो
खुस्स भन्देऊ देउतासँग, कस्तो वरदान मागेकी छ्यौ ?

- गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

 

मुक्तक - ५

तिम्रै लागि ब्रत बसी , पूजा गर्ने दिन आउँछ
हातमा तिम्रै नाम लेखी , बुट्टा भर्ने दिन आउँछ
हरिया पहेँला अनि राता, चुराहरू नाडीभरी सजाएर
सिउदोभरि तिम्रो नामको , सिन्दुर छर्ने दिन आउँछ ।

- निर्मलरमण पराजुली
सामाखुशी , काठमाण्डौ ।


(संकलन : गोम बिक्रम )

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - ०४:४३:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend