मुक्तक - १
गतिलो काम गर्न पाए आनन्द लाग्छ बरू
शान्तिको बिउ छर्न पाए आनन्द लाग्छ बरू
दिनदिनै बन्द हड्ताल गरिरहनु भन्दा पनि
देशको लागि मर्न पाए आनन्द लाग्छ बरू ।
मुक्तक - २
तिमीलाई माया गर्छु भन्ने तिमी मात्र हौ..
तिम्रो मात्रै नजिक सर्छु भन्ने तिमी मात्र हौ
जीवनमा माया गर्छु भन्नेहरू हजार भेटिए,
तर तिम्रै सिन्दुर भर्छु भन्ने तिमी मात्रै हौ ।
मुक्तक - ३
मनसँग मन साट्न पाए हुन्थ्यो सानू
तिमीसँग जीवन काट्न पाए हुन्थ्यो सानू
चोरीको भेषमा सपनीमा आएर तिमीलाई
सँगै जिउने डोरी बाट्न पाए हुन्थ्यो सानू ।
मुक्तक -४
फेल खाएको छ सरकारले सीमा नाघेको छ
मान्छेको दुष्ट व्यवहारले सीमा नाघेको छ
कानुन पनि पैसामा बेचिन्छ हाम्रो देशमा
अन्याय र अत्याचारले सीमा नाघेको छ ।
मुक्तक - ५
जसलाई विश्वास गरिन्छ, त्यसैले धोका दिन्छ
जसमा खुन पसिना भरिन्छ, त्यसैले धोका दिन्छ
अरूको जीवनसँग खेलेर के पाउनुहुन्छ महोदय
अनि जसको नजिक सरिन्छ त्यसैले धोका दिन्छ ।
- गुलरिया कंचनपुर
हाल : लुम्बिनी