माया ! अन्जानमा बस्दो रहेछ
माया ! सुटुक्कै मनमा उनिन्दो रहेछ
माया ! हावाको चालमा आउदो रहेछ
माया ! मनको बसमा नहुदो रहेछ
उफ् !
यो माया-
जस्को आकर हुँदैन
जस्को सिमा हुँदैन
जस्को रङ्ग हुँदैन
जस्को जात हुदैन
अनि-
हे प्रभु !
यो माया-
जस्लाई तिरस्कार
गर्न पनि सकिन्दैन
हो !
माया नजिक हुँदा उन्माद हुन्छ
माया सामिप्य हुँदा अनविज्ञ हुन्छ
माया गाढा हुँदा सपना बुनिन्छ
माया गहिरो हुँदा संसार भुलिन्छ
तर-
जब माया-
टाढिन्छ
टुक्रिन्छ
भत्किन्छ
बिथोलिन्छ
तब-
माया ! तिरस्कारमा होईन
माया ! माया प्रतिको मायामा
अझ बढी तड्पिन्छ ।
धरान
(यो कविता नेप्लिज डायस्पोराकी हंगकंग प्रतिनिधि गीता अधिकारीले संकलन गर्नु भएको हो। सम्पादक।)