Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विषम भाे बाँच्नलाई ! -टंक प्रसाद पन्थ

विषम भाे बाँच्नलाई ! -टंक प्रसाद पन्थ

नेप्लिज डायस्पोरा

१८, श्रावण २०७७
images
विषम भाे बाँच्नलाई ! -टंक प्रसाद पन्थ

 
छन्द : प्रवरललिता


घना पानी दर्क्याे दरदर गरी बग्न थाल्यो
यता धर्ती चर्क्याे चरचर गरी खस्न थाल्यो !
दशा कस्तो लाग्यो ! प्रकृति क्रुर भै हाँक्न थाल्यो
कतै छैनन् आशा हृदय भयले काँप्न थाल्यो !!


थला पार्नै लायाे विपद जनता भाेग्न वाध्य
सबै खल्काएछाैँ कति जमिनले थेग्न साध्य ?
सपारेनाैँ हामी नजिर हिँजका काम सारा
असारे चिन्ताले अझ थपिन गाे त्रास ज्यादा !!


तराईमा सारा जलथल भई वास डुब्याे !
पहाडी बस्तीमा वितत पहिरो साथ छुट्याे !
खुलेनन् आखा यी प्रकृति भयकाे ख्याल राखी
भताभुङ्गै पार्याे विचलित भयाैँ त्रास बाँची !!


बनाऔं बाटा यी जमिन क्षतिकाे याद राखी
पलाऊन् खाटा यी जन हृदयको साथ पाई
सुझाऔं बेलैमा प्रकृति जगका यी चुनाैती
नआओस् वित्थामा हलचल हुने क्यै विपत्ति !!


बगायाे वर्षाले धनजन विनाशै भयो लाै !
यता काेराेनाकाे सघन भयकाे त्रासमा छाैँ !
यहीँ नेता लड्छन् घर छ रमिता हाँस्नलाई !
सबै चालामाला विषम हुन गाे बाँच्नलाई !!

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - २३:५७:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend