Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक युकेद्वारा भूपू गोरखा आन्दोलनका अभियन्ता स्वर्गीय दीपक गुरुङ्गको सम्झनामा श्रद्धान्जली सभा

व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक युकेद्वारा भूपू गोरखा आन्दोलनका अभियन्ता स्वर्गीय दीपक गुरुङ्गको सम्झनामा श्रद्धान्जली सभा

नेप्लिज डायस्पोरा

१९, श्रावण २०७७
images
व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक युकेद्वारा भूपू गोरखा आन्दोलनका अभियन्ता स्वर्गीय दीपक गुरुङ्गको सम्झनामा श्रद्धान्जली सभा

लण्डन। व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक (बिजीनेशा) युकेले भुपु माननिय मेजर दिपक बहादुर गुरुङ एम.भी.ओ. को असामयिक निधनप्रति श्रद्धान्जली ब्यक्त गर्दै एक शोक सभा सम्पन्न गरेको छ। नेपाल भु पू सैनिक सँघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका स्वर्गीय गुरुङको गत जुलाई महिनामा काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएको थियो।

बिजीनेशा युकेका सभापति केश वहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त शोक सभामा उपाध्यक्ष दिल जी सी, कोषाध्यक्ष डम्बर गुरुङ ,भोज प्रसाद गुरुङ, खुम बहादुर गुरुङ, दुर्गा राणा, एनआरएन आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरूंङ्गले सम्बोधन गर्नु भएको थियो भने सभाको संचालन सचिब हरिकुमार मल्लले गर्नुभएको थियो।

साउथ इस्ट लण्डनको प्लमस्टेडस्थित जिगेसो हलमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय गुरुङ्गको तस्बिरमा फूल माला चढाएर शोकाकुल परिवार प्रति हादि॔क सम्बेदना प्रकट गर्दै वहाको दिवङगत आत्माले सधै चिर शान्ती पाउन भनी हार्दिक श्रदान्जली अर्पण गरिएको थियो। साथै १ मिनट मौन धारण समेत गरिएको थियो। साथै कोभिड-१९ को सामाजिक दुरीलाई मध्यनजर गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

सोहि कार्यक्रममा बिजीनेशाका महासजिव तर्क जङ गुरुङको स्व पिता भु पु राष्टिय पञ्चायत सदस्य माननीय नन्द जङ गुरुङको अल्डरसट स्थित केयर होममा भएको असामयिक निधनमा शोकाकुल परिवार प्रति हादि॔क सम्बेदना प्रकट गर्दै वहाको दिवङगत आत्मा ले सधै चिर शान्ती पाउन भनी फुल र खादाबाट वहाको तस्बिरमा माल्यरपण गरि हार्दिक श्रदान्जली अर्पण गरियो। वहा २०२१ सालमा लमजुङ जिल्ला वाट राष्टिय पञ्चायत सदश्य हुनु भएको थियो। वहाँ २००९ सालदेखि श्रीमतीको साथमा वेलायत आएर छोरा तक॔ जङसँग वसोवास गदै॔ हुनु हुन्थो र वहाले "नन्द जङ गुरुङ आत्मकथा" नामक पुस्तक लेखी आफ्नो जिवनी वताई राख्नु भएको छ। वहाँ सवैको लागी एक कुशल अभिभाबक, मार्गदर्सक र प्रेरणाको श्रोत, कुशल राजनितीज्ञ, समाजसेवी, तमु पे तँ लु तँ ज्ञान दाता पण्डित हुनुहुन्थो।

त्यसैगरी उक्त काय॔क्रममा बिजीनेशाका कोषाधयक्ष डम्बर बहादुर गुरुङको ममतामयी सासुआमा अईराती गुरुङको असामयीक निधनमा शोकाकुल परिवार प्रति हादि॔क सम्बेदना प्रकट गर्दै वहाको दिवङगत आत्माले सधै चिर शान्ती पाउन भनी फुल र खादाबाट वहाको तस्बिरमा माल्यरपण गरि हार्दिक श्रदान्जली अर्पण गरिएको थियो।

सभाका सभापति एबम बिजिनेशा सभापति केश बहादुर गुरूंङ्गले तिनै जनाको छोटो जिवनी प्रस्तुत गर्नु भएको थियो।

को हो स्वर्गीय भु पु माननिय एबम मेजर दिपक बहादुर गुरुङ, एम.भी.ओ. ?

वावा स्व सुबेदार काशीराम र आमा स्व माइती कोखबाट ताङतीङ घोथानेथर मामाली घरमा जन्म हुनु भई गाऊँमा केही बषा॔ बिताएर वाबा सँग भारत गई बसोवास गरि प्राथमिक शिक्षा लिनु भई नेपालमा आई २०१३ सालमा आए ए सम्म शिक्षा लिनु भई केही बषा॔ शिक्षण पेशा गरि राजनितीमा पनि लाग्नु भयो। पछि फेरी ब्रिटिश आर्मी मा ३० बर्षा सेवा गरेर मेजरमा आब्कास लिए पछि नेपाल मा गएर नेपाल भु पु सैनिक सँघको १९९० मा स्थापना गरि ब्रिटिश गोरखाको हक र हितको लागी पहिलो आवाज निकाली लगातर २८ वर्षको लागी ३ पटक अध्यक्ष गर्नु भयो र वहाले २०३१ साल ताका हलको व्रुनाईमा भएको जि आर यु को स्थापना गनु॔ पनि ठुलो भुमिका खेली योगदान गनु॔ भयो। नेपाली काङ्रेसमा लगातर सकृिय भई राष्ट्रिय सभाको सदस्य ६ वर्ष हुनुभयो। भुतपूव॔ गोखा॔ अनदोलनमा लागी गनु॔ भएको थियो। पूर्वसांसद, नेपाल भूतपूर्व सैनिक संघका संस्थापक तथा तमू बौद्ध सेवा समिति नेपालका संस्थापक तथा पूर्वअध्यक्ष समेत रहेका गुरुङले दर्जनौं सामाजिक संस्थामा योगदानदिनु भएको छ।

ब्रिटिस सेनाका अफिसरलाई नेपाली भाषा सिकाउने काम समेत गर्नु भएको स्वर्गीय गुरुङले बेलायतकी महारानी संग समेत निकट हुने अवसर पाउनु भएको थियो। महारानीले एकपटक भन्नु भएको कुरा सधै सम्झना गर्दै भन्नु हुन्थ्यो -, ‘गोर्खा अफिसर इज द भेरी ब्रेभ ।’ क्याप्टेन रामबहादुर भिसीलाई अंग्रेजी राम्ररी नआउने भएपछि उनको सहयोगी भई गुरुङ ले लण्डन को बकिङघम दरबारमा डेढ वर्ष कामगर्नु भयो। यो अवधिमा ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचर लगायत धेरै उच्चपदस्थ मन्त्री तथा सांसदहरुसित परिचित हुने मौका पाउनु भएको थियो

मुख्य उपलव्धीहरुमा:

नेका सरकारमा हुदा भु पू को पेन्सनमा कर नलगाउने व्याबस्थ गरेको, भु पू संघका नाममा पोखरामा १७ रोपनी जग्गा दता॔ गरि उपलव्ध गराउने काममा ठुलो भुमिका खेली योगदान गरेको, ब्रिटिश गोरखाको हक र हितको लागी लगातर २८ वषा॔ लागी समान पेन्सन, बेल्फेयर व्याबस्थ र अधिकार को इत्यदि लडाई गरेको । वहाले "मेजर दिपक गुरुङका विचारहरु" र "पूब॔ सांसद माननीय दीपक गुरुङ शैक्षिक तथा राजनीतिक जागरणका अभियन्ता अनुसन्धान तथा जीवनी" नामक दुई पुस्तकहरु लेखी राख्नु भएको छ। वहाँ सवैको लागी एक कुशल अभिभाबक, मार्गदर्सक र प्रेरणा को श्रोत, कुशल राजनितीज्ञ, समाजसेवी, सक्षम साथै निडर नेता अथबा भु पू आन्दोलनका पहिलो अभियन्ता हुनुहुन्थ्यो।

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - ०२:०४:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend