Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ब्लड क्यान्सर भएका नौ बर्षका बच्चालाई सहयोग गर्न अपील

ब्लड क्यान्सर भएका नौ बर्षका बच्चालाई सहयोग गर्न अपील

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
ब्लड क्यान्सर भएका नौ बर्षका बच्चालाई सहयोग गर्न अपील

बिगत २ महिनादेखि ब्लड क्यान्सरसँग लडिरहेका अर्घाखाँचीका ९ बर्षीय बालक नेपाल स्वयंसेवक संघकी सदस्य बिनिता पाेख्रेलकाे भाईलाई -
आज काठमाडौं कान्ति बाल अस्पतालमा नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पाैडेल र प्रचार-प्रसार संगठन केन्द्रीय सचिव राजु गैरे बाबुसँग भेटेर शिघ्र स्वास्थ्य लाभको कामना सहित सक्दाे सहयोगमा लाग्ने निर्णय गरिएको छ ।

अर्घाखाँची पाणिनी गाउँपालिका वाड नं -१ घर भएका नारायण प्रसाद पोखरल र गीता पोखरेलका नाबालक छोरा बर्ष ९ का बिष्णुहरि पोखरेल अहिले ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

उपचार खर्च निकै महँङ्गो भएको तथा आफ्नो आर्थिक अवस्थाले उपचार सम्भव नभएकाले बालकका अभिभावकले सबैसँग सहयोगको अपिल गरेका छन् ।

डाक्टरहरुले अझै पनि अस्पतालमै ६-७ महिना बस्नु पर्ने भनेपछि परिवार थप चिन्ता र तनावमा रहेका छन् । देश र विदेशबाट यो कठिन परिस्थितिमा जसले जे जति आर्थिक सहयोग गरे पनि ठूलो सहयोग हुने उनका परिवारले बताएको छ ।

तपाइँ हाम्रो सानो सहयोगले बाबुले नयाँ जीवन पाउने हुनाले सबैसँग सक्दो सहयोगको अपिल गरिएको छ ।

परोपकार नै धर्म हो ।

2.jpg

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०६:०४:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend