Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -केशवराज भट्ट 'सागर'

गजल -केशवराज भट्ट 'सागर'

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
गजल -केशवराज भट्ट 'सागर'

 

आए युवाहरू हजारौं जहाज लाश बनाएर
यस्तै हुन्छ यहाँ दु:ख पीडा विश्वास बनाएर ।

पेट पाल्न हिंडेको हुँ पराईको मरुभूमिमा
फिर्ता पठाइदिन्छन् त्यहाँबाट दास बनाएर ।

दु:ख सहन नसक्दा खुशी तुल्याउँछ भन्थे
उता फकाइ काम गराइन्छ खास बनाएर ।

तिमीलाई के था कस्तो बिडम्बना भोग्नुपर्छ
गर्छन् सधैं अपहेलना शरीर नै त्रास बनाएर ।

आखिर यस्तै हो सधै वेदना सहनुपर्ने यहाँ
ज्यानको पनि वास्ता हुन्न अत्यास बनाएर ।

- पाटन नगरपालिका बैतडी, सुदूरपश्चिम प्रदेश -७

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०७:२१:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend