मुक्तक - १
राहत बाँड्छ सरकार मुरीलाई मानो बनाएर
ऊ ओत लाग्छ सधै जनतालाई छानो बनाएर
भ्रष्टहरूले यो मुलुकलाई खर्लप्प खाँदैछन्
तिमीलाई खुकुरी मलाई अचानो बनाएर ।
मुक्तक - २
याे जीवन सधैभरी खास भैदिए
कति जाती हुन्थ्याे सुवास भैदिए
कसकाे हृदय कस्ताे छ हेर्नु हुन्थ्याे नि !
याे मन पनि खुल्ला आकाश भैदिए ।
मुक्तक - ३
भावनामा जथाभावी बहनु हुँदैन
मनकाे कुरा सबैसँग कहनु हुँदैन
चाेटमाथी चाेट थप्ने छन् दुनियाँमा
अन्यायलाई चुपचाप सहनु हुँदैन ।
मुक्तक - ४
सम्झनाले मुटु दुख्दा न खटाउन सकियो
हृदयबाट तिम्रो तस्विर न हटाउन सकियो
म थिएँ हिजोसम्म तिमीलाई साथ दिने
आज तिम्रै दिलभित्र न अटाउन सकियो ।
मुक्तक - ५
रुनुहुन्न कहिल्यै पनि रात सम्झिएर
जिन्दगीका अधुरा ती बात सम्झिएर
उदाउने छ भाेली सूर्य फेरि पूर्वबाट
बस्नुपर्छ प्रतिक्षामा प्रभात सम्झिएर ।
- बडीगाड गाउँपालिका -२ खरबाङ, बाग्लुङ्ग