(छन्द:शार्दूलविक्रीडित)
निक्कै मत्त भयो गुलाफ तन याे चुम्ने भए आउनु
मेरो जीवनमा बनेर भमरा रम्ने भए आउनु ।
हेर्दै सुन्दर सुन्दरी युवतिले प्रस्ताव राख्दै भनी
भन्दै के छ विचार उत्तर दिनु साेधेर प्रश्नै गरी ।।१।।
लाम्चा लठ्ठ नशालु ती नयनले हेर्छे म कस्तो गरूँ
हिँड्दा चाल विशाल नाग जसरी दाँजाे म के काे गरूँ ।
लाग्यो भर्खर अप्सरा गगनकी झर्दै समीपै पुगी
मेरा अङ्ग समस्त कम्पित भए याे जादु कस्तो गरी ।।२।।
घण्टी चाहतकाे बज्यो हृदयमा प्यारो मिठो गुन्जन
मैले फूल गुलाफकाे निकटमा राखेर प्रस्तावन ।
हेरिन् हर्ष विभाेरका नजरले आभा खुसीको झुल्यो
जस्तै रात हटेर भाे मिरमिरे बिर्को खुसीको खुल्यो ।।३।।
छातीमा ढुकढुक्क हुन्छ तन याे सर्वाङ्ग भाे थर्थर
माया हाे कि त प्रेमराेग दिलकाे ए वैद्य बा हाे भन ।
कस्तो चञ्चल भैदियाे हुटहुटी बुझ्दै नबुझ्ने मन
झट्का लाग्छ रनक्क याे हृदयमा बढ्दै गयो कम्पन ।।४।।
मेरा काेमल भावना अधिनमा कब्जा गरेरै बसी
बाडुल्की हिक हिक्क रातदिन याे दर्ता गरेरै मरी ।
उस्कै चाह बढेर यो ढुकढुकी बढ्दै गयो के गरूँ
भुल्नै सक्तिन के भयो असर याे अर्कै भयो के गरूँ ।।५।।
- अजयमेरु - ३ डडेल्धुरा