Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हँसाउन अरुलाई आँसु बगाएँ मैले - सम्झना खतिवडा (५ मुक्तकहरू)

हँसाउन अरुलाई आँसु बगाएँ मैले - सम्झना खतिवडा (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
हँसाउन अरुलाई आँसु बगाएँ मैले - सम्झना खतिवडा (५ मुक्तकहरू)

 

मुक्तक - १

टुटायौ मन गर्यौ छ्ल र त चिनेँ तिमीलाई
कठिन बनाइ दियौ हरेक पल र त चिनेँ तिमीलाई
अप्ठ्यारोमा हुन्न कोही बेसहारा सोच्छ्यौ होला
अझ बढेको छ आत्मबल र त चिनेँ तिमीलाई ।

 

मुक्तक - २

विश्वास टुट्यो मन टुट्यो टुट्यो आज माया
आफ्नै लागि बिरानो भो आज आफ्नै छाया
न कसैको आश , न कसैको भरोसा छ बाँकी
शून्यता र उदासता मात्र देख्छु दायाँ बायाँ ।

 

मुक्तक - ३.

उज्यालो दिन अरुलाई आफ्नै मुटु कति जलाएँ मैले
बचाउन अरुलाई आफैमा छुरा कति चलाएँ मैले
मुटु जलेको देखिएन छुरा चलेको देखिएन कहिले
तैपनि हँसाउन अरुलाई कति आँसु बगाएँ मैले ।

 

मुक्तक - ४

यहाँ खुशी हुन केही त खास हुनैपर्छ
चलाउन जिन्दगी केही त आश हुनैपर्छ
केही खास केही आशको बिज रोप्दै
बाँच्नुको नि सही अर्थ भन्ने आभाष हुनुपर्छ ।

 

मुक्तक - ५

यथार्थ कुरा यहाँ मनभित्र थुनिन्छ
फुटाउन टुटाउन झुटको जालो बुनिन्छ
विश्वास कस्को गर्नु अब यहाँ खै मैले
मनमै नभाको कुरा बाहिर पो सुनिन्छ ।

- बनेपा - ५ काभ्रे ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०७:३५:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend