Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आजकल यस्तो हुन्छ (कविता) - मनोज सिलवाल

आजकल यस्तो हुन्छ (कविता) - मनोज सिलवाल

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
आजकल यस्तो हुन्छ (कविता) - मनोज सिलवाल

 

किसानको खेतमा हलो जुवा कोदालो
देखिँदैनन् आजकल
बाउसेको छपछप आवाज र
रोपारेको भाका सुनिँदैनन् आजकल
चामल बोरामा आउँछ
दूध पोकामा पाउँछ
रोदीघर डान्स बारमा परिवर्तन भएको छ
गाउँघरमा दाम्लोमा गाई छैनन्
घरघरमा दिदी-बहिनी दाजु-भाई छैनन् !!

को दोषी छ ? व्यक्ति समाज राजनीति ?
हामीले गाली मात्र गर्न सिक्यौँ
स्कूल कलेजमा डेटिङ्ग मात्र हुन्छ
संसदमा सिटिङ्ग इटिङ्ग र मिटिङ्ग मात्र हुन्छ
विकासका काममा सिर्फ
एसेम्बल र फिटिङ्ग मात्र हुन्छ !!

सडक असारमा कालो पत्रे
साउनमा अलपत्रे
तराईमा बाढी आउँछ
पहाडमा पहिरो आउँछ
राजनीतिमा बिआरआई र एमसिसि
यस्तै यस्तै धोका गहिरो आउँछ
देश लहडबाजीमा चलेको छ
राष्ट्रवाद लतक्कै गलेको छ !!
यसरी कति दिन चल्छ ?
मागेको मट्टितेलले र
किनेको राष्ट्रवादले कति दिन चुलो बल्छ
कति दिन देश चल्छ ??

* समाप्त *

- गोदावरी-३, ललितपुर ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०७:५३:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend