Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लालमती (लघुकथा) -डा. श्याम न्याैपाने

लालमती (लघुकथा) -डा. श्याम न्याैपाने

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
लालमती (लघुकथा) -डा. श्याम न्याैपाने

 

"घर तीन बर्षे र चार बर्षे बर्साैंटे केटाकेटी छन् हजुर , ती अबाेध शिशुमाथि साैतेनी अामा हाल्दा तिनकाे बिचल्ली हुनसक्छ । साैतेनी अामा र बा देख्न र छन् भन्नकाे लागि मात्र त हुन् नि । उसले जानिन भनेर मैले ती अबाेधहरूमाथि अन्याय त गर्नु भएन नि । जसरी हुन्छ लालमतीलाई मसँगै बस्ने वातावरण मिलाइदिनु पर्‍याे हजुर " शिवहरिले झगडाकाे छिनाेफानाे गर्न अाएका वडाध्यक्षलाई हात जाेड्दै भने ।
"हाेइन, ए लालमती ! शिवहरिले त घरै बसाेस् भनेकाे छ, तिमीले के भन्छ्याै ?" वडाध्यक्षले साेधे ।

"अा, म त यिनै हर्केसँग नै बस्न खुसी छु । अहिले दुई महिनासँगै बसेर के गर्नू, दुई महिनापछि यी लाहुर गइहाल्छन् । फेरि ३, ४ बर्ष अघि अाउँदैनन् ।" लालमतीले भनी - "हाेस् अब अाएँ, अाएँ फर्केर फेरि उही लाेग्नेसँग के जानू ?" उसले थपी ।

"लालमती शिवहरि ब्रुनाेइकाे लाहुरे हाे । ऊसँग प्रशस्त सम्पत्ति छ । यति ठूलाे शहरमा यत्राे पाँच तले महल छ । घरकाे कामकाजमा सघाउन कामदार पनि राखेकाे छ । उसले त कमाउने मात्र हाे, सारा सम्पत्ति तिम्रै हातमा छ । मन लागेका गहना र लत्ताकपडा लगाउन कसैकाे राेकताेक छैन । यति सुख हुँदाहुँदै पनि तिमीलाई रिक्शावाला हर्केसँगै किन जानु पर्‍याे र ! ऊसँग न राम्रो घर छ, दिनभरि कमाएर साँझबिहानकाे छाक टार्ने हाे । त्याेसँग जाँदा दुःख हुन्छ । अलि साेच है लालमती " वडाध्यक्षले भने ।

" हाे हजुर , शिवहरिसँग अग्लाे घर छ, काम गर्ने मान्छे छन्, प्रशस्त सम्पत्ति पनि छ । रुचेकाे खान र मन परेकाे लाउन कसैसँग हात फैलाउनु पर्दैन तर खानु र लाउनु मात्र पनि त जीवन हाेइन नि हजुर । हाम्रा पनि त इच्छा हुन्छन् नि । बूढाबूढी सँगसँगै हिंड्ने, मीठा नमीठा गफगाफ गर्ने, मीठो नमीठो सँगसँगै खाने ।" उसले भनी " विवाह गर्याे । ३/ ४ बर्षमा यसाे एक दुई महिना सँगै बस्याे, केटाकेटी जन्मायाे, के त्यति मात्र हाे जिन्दगी ?" उसले अझै थपी ।

"पैसा त पठाइदिएकै छु नि ! " शिवहरिले भन्याे ।

"ए पैसा मात्र सबै थाेक हाे जिन्दगीमा ?" उसले प्रत्युत्तर फर्काई ।

"म त बरु दिनभरि मजदुरी गरी निर्वाह गर्ने हर्कसँगै बस्छु । दिनभरि काममा खटिए पनि साँझ त सँगै भइन्छ । मीठो नमीठो सँगसँगै खाइन्छ । सुख-दुःखका कुरा गरिन्छ । तब पाे जिन्दगी । एउटा सूर्य अर्काे चन्द्रमा झैं एउटा एकातिर अर्को अर्काेतिर , के जिन्दगी । ग्रहण लागेकाे बेला सूर्य, चन्द्रमा र पृथ्वी एकै रेखामा देखिए झैं कहिलेकाहीँ मात्र भेटघाट हुने । भाे भाे । उसले भनी ।

"त्यसाे नभन लालमती । यी साना केटाकेटीलाई हेर न । के यिनकाे माया लाग्दैन ?" वडाध्यक्षले भने ।
लालमती केही बाेलिनँ ।

"लालमती" वडाध्यक्षले भने "केही त भन ?"

" लाै उसाे भए यिनी यहाँ बसुन्जेल म यिनैसँग बस्छु । यिनी लाहुर गएपछि हर्के कहाँ गएर बस्छु । केटाकेटीलाई बाेर्डस् राखे हुँदैन र ?" उसले भनी ।

"अँ, शिवहरि के भन्छाै त " वडाध्यक्षले साेधे ।

" त्यसाे किन गर्नु पर्‍याे र ! " शिवहरिले भन्न के भ्याएकाे थियाे " हुन्न, हुन्न म हर्के कहाँ नै बस्छु ।" लालमतीले च्याँट्ठिंदै भनी ।
" ल ल ठीकै छ , तिमीले भने बमाेजिम नै भाे बरु म गएपछि हर्के कहाँ जानुभन्दा उसलाई यहीं बाेलाऊ । हुन्न । त्यसाे गरेपछि केटाकेटी एक्ला हुँदैनन् ।" शिवहरिले भने

"केटाकेटीकाे जीवनसँग खेलवाड गर्नु भएन है ।"

लालमतीले ठूलाठूला अाँखा लगाउँदै सहमतिकाे सङ्केत गरिन् ।
आकाशमा कालाे बादल मडारिए पनि छाेराछाेरी टुहुरा हुनबाट जाेगाउन सकेकाेमा शिवहरिकाे अनुहार भने उज्यालो भएकाे थियाे ।

धन्यवाद ।

– सुनवल – १२ भुमही, नवलपरासी ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०८:०२:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend