Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल ✍️दिपक जोशी 'असफल'

गजल ✍️दिपक जोशी 'असफल'

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
गजल ✍️दिपक जोशी 'असफल'


दिउँसोमा नै हिड्नुपर्ने भो लाल्टिन बालेर आज।
पश्चातापमा परिराछु झुटो कदम चालेर आज।

फाटेको मन् भाको भए आखिर सिलाउथेँ होला
मुटु पुरा चुँडिसक्यो मेरो साध्य छैन टालेर आज।

एक्लो न्याउली भौतारिएझैं सधैं म यता भौतारिन्छु
बर्बाद पारेँ आफ्नै जीन्दगीमा उसलाई ढालेर आज।

आकाशको तारा टिपेझैं लाग्थ्यो उसलाई पाउँदा
एउटै चिनो आँसु दियौ तिमीले राख्छु सँगालेर आज।

 कैलाली


(यो गजल नेप्लिज डायस्पोराकी हंगकंग प्रतिनिधि गीता अधिकारीले संकलन गर्नुभएको हो। -सम्पादक।)

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - १९:४०:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend