Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कस्तो ओलम्पिक चल्दै छ,छातीको रंगशाला बनाएर ✍️नरेन्द्र बिष्ट ,

कस्तो ओलम्पिक चल्दै छ,छातीको रंगशाला बनाएर ✍️नरेन्द्र बिष्ट ,

नेप्लिज डायस्पोरा

२१, श्रावण २०७७
images
कस्तो ओलम्पिक चल्दै छ,छातीको रंगशाला बनाएर  ✍️नरेन्द्र बिष्ट ,

गजल

मुटुको चिराचिरा बनाएर चेहराको कालो छाला बनाएर
कस्तो ओलम्पिक चल्दै छ,छातीको रंगशाला बनाएर

आफ्नै जीवन सल्कायौ,समाजले मूर्ख घोषणा गर्यो
यी झिना मसिना कुरामा तिमीले मन ज्वाला बनाएर

न त तिमीले सुबिधा पायौ , न त तिमीले जस पायौ
ए गाउँ , भुँडीको सम्मानमा यति धेरै माला बनाएर

घमासान युद्द चलिरह्यो खुलदुली र जिन्दगी बिचमा
जहाँ, खुसीले खुकुरी बनाएर, रहरले भाला बनाएर

ए छिमेकी तिमीले अन्याय माथि अन्याय गरेका छौँ
मेरो बिधुवा आमाको अगाडि सुनको बाला बनाएर

बझाङ , सुनकुडा


(यो गजल नेप्लिज डायस्पोराकी हंगकंग प्रतिनिधि गीता अधिकारीले संकलन गर्नु भएको हो। सम्पादक।)

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०२:३९:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend