शान्ती अर्याल अधिकारी
पछिल्लो समय जन्मदै गरेको अबोध शिशुलाई लिएर सामाजिक संजालहरूमा जति पनि हंगामा मच्चाएको छ । यो सरासर गलत र निन्दनिय कार्य भैरहेको छ भन्दा पक्कै पनि फरक पर्दैन । गल्ती मान्छेबाट नै हुन्छ, गल्ती हुनु ठूलो कुरा होइन तर त्यसलाई महशुस गरी भुल सुधार गर्दै अगाडि बढ्ने मान्छे नै महान कहलिन्छ । फेरी, समय र अबस्था अनुरुप कहिले काहीँ नचाहदा नचादै पनि केही सत्कर्म को लागि झुटको सहारा लिनु पर्ने बाध्यता पनि त पर्न सक्छ ।
कपन बालगृहकी संचालिका पुष्पा अधिकारीले झाडीमा बच्चा भेटिएको भनेर झुटो नाटक रचेको भन्दै युट्युब पत्रकारहरूले घरमै पुगेर वहाँ लाई मानसिक यातना मात्र दिएनन । नारीको चरित्र र अस्मितामाथि नै दाग लाग्ने खालका प्रवृत्ति देखाएका छन । के अन्तर्बार्ता लिदै गर्दा शारीरिक दुरी कायम गर्न सकिदैन? यसले एउटा नारीको प्रतिष्ठा माथि कस्तो प्रभाव पार्छ बुझ्नु पर्ने होइन र ? नारीले कारणबस बाटो बिराउदा दिएको पैसा फिर्ता हुने, एउटा नारीको प्रतिष्ठासग खेल्नेलाई कारबाही हुनुपर्छ कि पर्दैन? ति युट्युबरले पनि कसैले पठाएको पैसा त दिएका होलान। आजसम्म उनलाई कहाबाट कति पैसा आयो र कहाँ कहाँ दिए भन्ने सबै प्रमाण उनि आफैसंग छ की छैन होला ? उनले युट्युबबाट कमाएको पैसाको कतै कर तिरेका छन् की छैनन् होला ? अब यो प्रश्न सोध्ने बेला आएको छ।
फेरिपनि ती महिलाले ठुलै अपराध गरे जस्तो लाग्दैन किनकि वेवारिसे जस्तो अबस्थामा पुगेकी एक महिलालाई बचाएर घरसम्म पुर्याउनु थियो । आफुसग बर्षौदेखि बस्दै आएका बालबालिकालाई पर्न सक्ने असरबाट जोगाउँनु थियो । फेरी त्यो नव शिशुलाई पनि संरक्षण दिनु थियो । यि सबै कुराको जिम्मेवारी बहन गर्ने क्रममा कुन बाटो जाँदा उपयुक्त हुन्छ भनेर बिकल्प खोज्नु गलत थिएन । उनी यतिबेला अपराधी ठहरिनेथिन जतिबेला बच्चा कार्टुनमा छोडेर घरमा फर्किएको हुन्थिन् ।अह ! उनले यसो गरिनन बच्चालाई केही नहोस अरू बच्चाहरू कै हातमा उ पुगोस भन्ने सोचेर आफ्नै नजरमा राखेर बसिराखिन । उनले झुट बोल्दै गर्दा अर्को एक नारीको जिबन र ईज्जतको रक्षा भैरहेको थियो। यसर्थ पनि झुट बोल्न बाध्य भईन पुष्पा ।
यदि उनले यसो नगरेको भए तिनै पत्रकार हु भन्नेहरूबाट नै फेरि प्रश्न पनि त आउने थियो नि, कसको बच्चा? कहाँबाट कसरी ल्याईयो? चोरीको आरोप समेत लगाउन समाज पछि पर्दैन थियो । यसर्थ पनि लाग्छ उनीबाट गल्ती भएको होईन । फेरि पनि गल्ती महशुस गरेर पटक पटक कारण सहित माफी मागेपछि अबस्था हेरिकन कसैलाई माफि दिनु मानबिय धर्म होइन र ? अह ! यहाँ त त्यस्तो देखिएन। सहनै नसक्ने मानसिक यातना दिईयो त्यो पनि तिनै पत्रकार हु भन्ने युट्युबेहरूबाट नै। उनीहरूकै कारण आफ्ना बाबु आमा गुमाएर बिचल्लीमा परेका ति ११ जना बालबालिकालाई समेत झनै अनाथ बनाईयो । आमाको जस्तो माया ममता र संरक्षणमा बर्षौ अगाडि देखि हुर्किँदै गरेका ति अबोध बालबालिकालाई आमाको माया र काखबाट बन्चित गराईएको छ । यो ब्यवहार देख्दा लाग्छ तिनीहरूलाई जति नै घृणा गरे पनि कमै हुन्छ ।
हुनत म युट्युब संचालक सबै दोषी र गलत भन्दिन । राम्रो काम गर्ने र सकारात्मक सुचना समाचार सम्प्रेषण गर्नेहरू पनि छन तर कतिपय यस्ता गलत प्रबृत्ति बोकेका आवश्यक सुचना समाचार भन्दा पनि गलत ढंगबाट जनतालाई आकर्षित गराउने भ्युज बढाउने र आफ्नो ब्यबसाय बढाउने हेतुले नकारात्मक ढंगका समाज नै बिथोल्ने खालका सामाग्रीहरु बढी पस्किने गरेको थुप्रै उदाहरणहरु देख्न सकिन्छ । जसले गर्दा समाजमा नकारात्मक सन्देशहरू फैलिरहेको यथार्थ हो ।
कस्तो बिडम्बना
कस्तो बिडम्बना ! एउटी नारी रोजगारी को निम्ति बिदेशमा पुग्छिन् । आफ्नै देश आफ्नै गाउँ ठाउँ र घर भित्रै त सुरक्षा छैन नेपाली नारीलाई अर्काको देशमा कहाँ बाट सुरक्षित हुनु । आज पनि नारीलाई 'युज एण्ड थ्रो' को रूपमा हेर्नेहरूको कमी छैन समाजमा । उनलाई गर्भवती हुनुपर्ने बाध्यता थियो या अन्य कुनै कारणवस अबैध गर्भधारण हुन पुग्यो । समस्याको बिकल्प खोज्न नि उनलाई सम्भब भएन । कोरोना महामारी फैलियो । रोजगारी हरायो सरकारले उद्दार गर्दा नेपाल त भित्रिन । तर गर्भवती अबस्था मा घरपरिवार समाज र श्रीमानको अगाडि देखिन सकिनन । फेरी कुन चाही महान समाज र परिवार नै छ र एउटा नारीको समस्या बुझ्ने र सहज स्वीकार गर्ने ? यत्तिकै मा वेवारिसे जस्तो भौतारिन्छिन् । उनैका अनुसार नेपाली सेनाले फेला पार्छ त्यो अबस्था मा देखेर कुनै एउटा संस्थाको जिम्मा लगाउछ । त्यही संस्थाको साहारामा उनी बस्सिछन । केही समयपछि बच्चा पैदा हुन्छ । अब उनलाई निकै ठूलो समस्या पर्छ, घरमा नजाउ भने २छोरी र अपाङ्गता भएका श्रीमान उनकै बाटो हेरेर बसिरहेका छन, जाउ भने समाजले भन्ने गरेको अबैध बच्चा लिएर कसरी जानु ? उनी आफ्नो परिवार पनि त्याग्न सक्दिनन् । यता भर्खरै जन्मिदै गरेको त्यो अबोध शिशुलाई पनि त्याग्न सक्दिनन् । समस्या मा पर्छिन र घरसम्म पुग्ने बाटो खोज्छिन् । कसैले उनलाई बालगृहमा बच्चा छोड्दा बच्चाले संरक्षण पाउने र आफु पनि घरपरिवार र समाजमा बस्न सक्ने स्थिति रहने गरी गोप्य बाटो देखाइदिन्छ। जस्तो सुकै अबस्थामा गर्भ रहे पनि नौ महिना कोखमा राखेर त्यो पिडा सहेर जन्म दिएको बच्चामाथि माया कसको हुदैन? आफ्नो मुटुको टुक्रालाई संरक्षण दिएर हुर्काउने गरी कसैको जिम्मा लगाउन बाध्य हुन्छिन् ।
जिम्मा लिएको संस्थाले आमाबाट छोडिएका बच्चा भनेर अरू बालबालिकालाई असर नपुगोस् भन्ने हेतुले भेटेको नाटक रच्न बाध्य हुन्छ । आमा र बच्चा दुबैलाई संरक्षण दिने प्रण गर्छ एउटा नारीको भाबना बुझेर उसलाई समाज मा बाच्ने बाताबरण को सिर्जना गरिन्छ ।हो शुरूआत मा त मलाई पनि रिस उठेको थियो पैसाकै लागि यो सब गरिएको हो त भन्ने लागेको थियो, हेर्दै जादा दुवैतिरका कुरा सुन्दा साच्चिकै महान छन ति नारी जसले घर न घाटको अबस्था मा पुगेकी नारीलाई घरमा जाने बाताबरण सिर्जना गरेकी थिइन् । बच्चालाई पालनपोषण गरी न्वारनसम्म गरिदिएकी थिईन । लौ ति यु ट्यु बरहरुले कसैसंग नमागीकन त्यो बच्चा पालेर देखाउन त ?
आज एकाएक उनकै बालगृहमा रहेका बालबालिकालाई अन्यत्र सारियो दुख लाग्यो । आजसम्म कहा थियो परिषद किन पुगेन ध्यान ? के ति बालबालिका को मष्तिष्क मा असर पुग्दैन ? त्यो भन्दा जटिल बिषय आफुलाई पत्रकार हु भन्ने युट्युबेहरूलाई आचारसंहिता के हो त थाहा भएन । अलिकति अनुशासन त हुनुपर्ने हो नि! अलिकति मानविय संवेदनशील ता त हुनु पर्ने हो नि ! आफुले गरेको प्रचारले व्यक्ति परिवार र समाजमा कस्तो असर पुर्याउँछ भन्ने कुराको अलिकति त हेक्का हुनु पर्ने हो नि ! अर्काको घरमा पत्रकार हु भनेर जबर्जस्ती छिर्नु , नैतिकताहिन ब्यबहार देखाउनु, कसैको घरमा आगो लगाउनु, कसैलाई समाजबाट तिरस्कृत गराउनु, बिचल्लीमा परेको अबस्थामा झन घर न घाटको बनाउनु, डिप्रेसनमा पार्नु र अन्त्यमा सुसाईड गर्न बाध्य गराईनु के यही हो यिनीहरुको पत्रकारिता? कसले दियो यो अधिकार युट्युबरलाई ? युट्युबेहरूको धेरै यस्ता कमजोरी र समाज नै बिथोल्ने खालका बिकृतिहरू देखिने गर्दछ । यसर्थ कानुनी दायराभित्र ल्याउन आवश्यक देखिन्छ ।
यधपि उनले संचालन गर्दै आएको बालगृह बैधानिक छ कि छैन भनेर खोजतलास गर्ने निकाय अलग होला । खोजिएला अबैधानिक रूपमा संचालन भएको पाईए कानुन अनुसार सजाय होला । तर प्रश्न यहाँनेर पनि उत्पन्न हुन्छ। चार बर्ष अगाडिदेखि संचालन हुदै आएको बालगृहमा सरकारी पक्षको नजर आज सम्म किन पुगेन ? किन गरिएन आजसम्म खोजतलास ? ५ जना बच्चाहरूको अभिभाबक भेटियो भनिएको छ तर आजसम्म कहाँ थिए ति अभिभावक? आफ्ना सन्तान हराएका थिए भने खोजी किन गरिएन? के जन्म दिनु मात्र अभिभावकको दायित्व हो ? १५ जना बालबालिकालाई संरक्षण दिएर हुर्काउँदै आईरहेको यथार्थ त सबै सामु छर्लङ्ग छ नि होईन र ?
किन सधै दोषी हुन्छिन् नारी ?
भनिन्छ नारी सृजनाका खानी हुन । नारी बिना मानब समाज को कल्पना समेत गर्न सकिन्न । दुईवटा मात्र शब्दले बनेको नारी शब्दले आफैमा कति महत्व बोकेको छ । त्यही नारी आमा ,दिदी ,बहिनी, छोरी बुहारी, भाउजु आदिको भुमिका निर्वाह गर्दै आफ्ना सम्पूर्ण ईच्छा चाहनाहरुलाई एकातिर पन्छाएर सधै अरूको ईच्छा र आकंक्षा पूरा गर्न दिन रात भोकतिर्खा घामपानी केही नभनी सधै तत्पर रहन्छिन् ।
भनिन्छ नारी बिनाको घर नर्क हुन्छ रे, तिनै नारी हुन आफ्नो घरलाई स्वर्ग तुल्याइरहेकी हुन्छिन् । आफ्नो योग्यता र क्षमताको समेत प्रवाह नगरी आफ्नो सम्पूर्ण बिवेक र क्षमता लाई सिमीत राखेर घरपरिवार को जिवनशैली सहज र सबल तुल्याइरहेकी हुन्छिन् । त्यही नारीको अबस्था आज दिन प्रतिदिन कस्तो भईरहेको छ त बिचार बिमर्श गर्नै पर्ने देखिन्छ ।हाम्रो नेपाली समाजमा हरपल हरक्षण नारीले करकाप ,दबाब र त्रासमा मात्र जिबन ब्यतित गरिराख्नु परेको हुन्छ ।
आजको एक्काईसौ शताब्दीमा आईपुग्दा पनि नारीले पृथ्वी जस्तै बन्नुपर्ने र अनेक चोट र पीडाहरू सहिराख्नु पर्ने बाध्यताहरू सिर्जना भई नै राखेका छन । पुरुष प्रधान हाम्रो समाज आज पनि पुरातनवादी हैकमवादी सोच मै अल्झिरहेको छ । देशमा लोकतन्त्र को स्थापना भयो महिलाहरूको हक अधिकारहरू सुनिश्चित गरिन्छ भनेर जतिसुकै भाषण गरे पनि पिडीत महिलाहरू पिडा मै पिल्सिरहेका छन । लोकतन्त्रको अनुभुती समेत गर्न नपाई ज्यान समेत गुमाईराख्नु परेका घटनाहरू तपाईं हाम्रो आँखा अगाडि ऐना जस्तै छन ।
जन्म भएदेखि नै नारीले अरूकै निगरानीमा बस्नु पर्ने, त्यति मात्र कहाँ हो र घरबाट हुने अनेकौ पिडादेखि लिएर सामाजिक पिडाहरू समेत खेपेर बाँच्नु पर्ने बाध्यता । यति धेरै अरूप्रति समर्पित हुने नारीको सबै पक्ष बाट उत्तिकै सम्मान हुनुपर्ने हो नि हैनर ?
कतै दाईजो कम ल्याएको निहुँमा, कतै बोक्सी को निहुँमा, त कतै अनेकौ बहानामा दिनदिनै शोषित र पिडीत छन नेपाली नारीहरु, बिहे गरेर घरमा भित्र्याएको आफ्नै श्रीमानले घाँटी निमुठेर छुरा प्रहार गरेर अमानवीय तरिकाले गरेका हत्याहरू हामी सामु छर्लङ्ग छन ।
हत्या हिंसा आतंक बलात्कार र एसिड प्रहार का घटनाहरू दिनप्रतिदिन बढिरहेका छन । यो सबै देख्दा फेरि प्रश्न गर्न मन लाग्छ के छोरी भएर जन्मिनु नै अभिषाप हो र ? होइन भने किन परिवर्तन हुदैन समाज ? नारीलाई हेर्ने दृष्टिकोण मा किन परिवर्तन हुदैन ? के अबैध बच्चा पैदा हुनुमा नारी मात्र दोषी हो ? बिवाह पश्चात श्रीमानको मृत्यु हुन्छ। के त्यो श्रीमती को दोष थियो ? यसैको शिकार बन्न पुगिन सुष्मा । यसरी कहिलेसम्म शिकार बनिराख्नु पर्ने हो नेपाली नारीहरु ? देशमा रोजगारी छैन लाखौ महिला समेत बिदेशिन बाध्य छन । अर्काको देशमा श्रम मात्र होइन शरिर पनि बेच्न बाध्य छन नेपाली नारीहरु । आखिर कहिलेसम्म? कहिलेसम्म लाचार बनिरहन्छ सरकार ?
हक र अधिकारका कुराहरु नेताको भाषण र संविधानको पानामा मात्र सिमित देखिन्छ । नेतृत्व तहसम्म पुगेर जिम्मेवारी बहन गर्ने क्षमता हुदाहुदै पनि बन्चित गराईन्छ । महिलाको निर्णय मान्य हुँदैन , संविधानमा ब्यबस्था भएकोले बाध्यता वस ३३% अधिकार त दिईन्छ तर सही गर्ने ठाउँमा मात्र । निर्णायक तहमा पुरूष नै बस्नुपर्छ, आखिर किन ? के महिलाहरू नेतृत्व गर्न सक्षम छैनन ? आफ्नो जिम्मेवारी पूर्णरुपमा बहन गर्न सक्दैनन् ? किन पछाडी पार्न खोजिन्छ ? महिलाले नेतृत्व गरिरहेका देशमा हेरौ त एकपटक ! के त्यहाँ बिकास भएको छैन ?
महिला नै राष्ट्रपति भएको हाम्रो देशमा महिलाका सवालहरू नै ओझेलमा परिरहनु को कारण के हुन सक्ला ?
अन्तमा, मैले यसो भनिरहँदा महिला पछाडी पर्नुको मुख्य कारक तत्व भनेकै पुरूष मात्र हो भन्ने पनि होइन । शैक्षिक, आर्थिक, राजनैतिक र सामाजिक रूपमा महिला सक्षम नहुनु, आफैमा निष्क्रियता बढ्नु, अन्याय र अत्याचारको बिरूद्ध आवाज उठाउन नसक्नु, स्वयं नेतृत्वको भाबना पैदा नहुनु, महिला महिला बिचमा एकता नहुनु, आपसमा खुट्टा तान्ने प्रवृत्तिको बिकास हुनु, एकले अर्कालाई सम्मान गर्न नजान्नु पनि महिला पछाडी पर्नुको मुख्य कारणहरू हुन । यसर्थ, समाजमा देखिने हत्या हिंसा आतंक बिकृति र विसंगतिको बिरूद्धमा नारी आवाज एउटै हुनु पर्ने देखिन्छ । कुनै राजनीतिक पूर्वाग्रह नराखी पिडामा रहेका नारीहरुको मर्म र भावनालाई बुझेर आवश्यक अधिकार प्राप्तिका निम्ति राज्य तहसम्म नै आवाज बुलन्द पार्न सम्पूर्ण नारीहरु एक हुनुपर्ने देखिन्छ । एक हातले ताली अबश्य बज्दैन, नारी पुरुष एक रथका दुई पाङ्ग्रा भन्ने उखानलाई साच्चिकै ब्यबहारमा उतार्न सके हामीले परिकल्पना गरेको समतामूलक सुन्दर समाजको निर्माण हुने कुरामा दुई मत छैन । धन्यबाद।
लिस्वन, पोर्चुगल