Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

फोनिज युरोपको अध्यक्षमा वाई बी गुरुङ र महासचिवमा पेम्बागेलु शेर्पा

फोनिज युरोपको अध्यक्षमा वाई बी गुरुङ र महासचिवमा पेम्बागेलु शेर्पा

नेप्लिज डायस्पोरा

२३, श्रावण २०७७
images
फोनिज युरोपको अध्यक्षमा वाई बी गुरुङ र महासचिवमा पेम्बागेलु शेर्पा

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युरोप शाखा गठन भएको छ। यही अगष्ट १ का दिन युरोपका विभिन्न देशहरुमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति पत्रकारहरुको एक भर्चुअल भेलाले फोनिजको युरोप शाखा गठन गर्ने औपचारिक निर्णय गरेको हो।


उक्त भेलाले वाई बी गुरुङको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति चयन गरी शाखा स्वीकृतिका लागि फोनिज केन्द्रलाई अनुरोध गरेको थियो। फोनिज केन्द्रको अगष्ट ३ तारीख बसेको सचिवालय बैठकमा सो प्रस्तावबारे छलफल गरी बैदेशिक शाखाको रुपमा फोनिज युरोप शाखालाई अनुमोदन गर्ने निर्णय भएको छ।


युरोपमा रहेका नेपाली आदिवासी जनजाति पत्रकारहरुको एकाकार गर्दै, नेपालका आदिवासी जनजातिहरुको अधिकारमुखी आन्दोलन अभियानलाई संचारको माध्यमबाट टेवा पुर्‍याउने र आदिवासी जनजाति पत्रकारहरुको अधिकार र सहभागिताको सवालमा समेत संगठित रुपमा अभियान संचालन गर्ने उद्देश्यले सन २०१८ देखि नै फोनिज युरोप शाखा गठन गर्नेबारे छलफल हुँदै आएकोमा अहिले त्यसले औचारिकता पाएको फोनिज युरोप शाखाका अध्यक्ष वाई वी गुरुङले बताए।


युरोपका विभिन्न देशहरुमा नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल थुप्रै आदिवासी जनजाति पत्रकारहरु बसोबास गरिरहेको हुनाले सबैलाई फोनिज युरोप शाखामा गोलबद्ध हुन समेत अव्हान गरेका छन्।


फोनिज युरोप शाखामा अध्यक्ष वाई बी गुरुङ डेनमार्क, उपाध्यक्ष दिल निशानी मगर बेल्जियम, महासचिब पेम्बा गेलु शेर्पा पोर्तुगल, सचिव ईन्दिरा चाम्लिङ राई बेल्जियम, कोषाध्यक्ष महेन्दो वाईबा बेल्जियम, सदस्यहरुमा राजु गुरुङ नेदरल्याण्ड, आलन्द गुरुङ पोर्तुगल, ल्हाक्पा तेन्जी लामा रोमानिया र सफल चाम्लिङ पोर्तुगल रहेका छन्।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ०६:३१:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend