नारी साहित्य तथा सास्कृतिक प्रतिष्ठान पाल्पाको आयोजनामा पाल्पाली नारी श्रष्टाद्वारा लिखित संयुक्त तीज गीत सङ्ग्रह पाउरको बिमोचन जिल्ला समन्वय समितीका कार्यबाहक प्रमुख मिरा मरासिनीले गर्नुभयो।
उहाँले नारीका सिर्जना र प्रतीभाहरु राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुरयाउन स्थानीय निकायले सहयोग गर्नु पर्ने कुरा औल्याउँनु भयो । २९ जना नारीका गीत सङ्रहित पाउर पुस्तक को समिक्षा साहित्यकार बिजया पन्तले गर्नुभयो।
बिशिस्ट अतिथि डा, शंकर गैरेले नारीहरुका आफ्ना हक हितका लागि आफैं सक्षम हुनु पर्ने कुरामा जोड दिनुभयो बिशिस्ट अतिथी मिना पन्थीले साहित्यकारहरुले हाम्रा समाजमा देखिएका बिकृती बिसङतीका बिरुद्ध कलम चलाउन आग्रह गर्नुभयो।
पोखराथोक साहित्य सङगमका हरि भट्टराईले छोटो समयमा संयुक्त तीज गीत सङ्ग्रह निकालेर उल्लेखनीय कार्य गरेको बताउनु भयो नारी उन्नयन बिकास प्रतिस्ठान पाल्पाकि अध्यक्ष एव लेखक लछिमा ज्ञावलि ,लेखक एव सस्थाका सल्लाहकार इन्द्र गहत राज ,लेखक रमा पन्त,शारदा पाnडे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सस्थाकी उपाध्यक्ष चेतना थापाको स्वागत ,सचिब मन्जु कोइरालाको सन्चालनमा चलेको कार्यक्रम मन गहिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।राष्ट्रियता, नारीका पीडा, सिमाना, कोरोना, बिकृती, बिसङती, कृषि , समाजमा घटेका घटनाहरु, राजनीति ,देशको अवस्था लगायत विषयमा आधारित तीज गीत सन्देश मुलक रहेकोे बक्ताहरुले बताएको लिस्बन, पोर्तुगलबाट शान्ति अर्याल अधिकारीले जानकारी दिनुभएको छ।