Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बलात्कार गरिरहेछ ऊ -आर बी निश्चल

बलात्कार गरिरहेछ ऊ -आर बी निश्चल

नेप्लिज डायस्पोरा

२६, श्रावण २०७७
images
बलात्कार गरिरहेछ ऊ -आर बी निश्चल

यी आँखाले देख्नुपर्छ- हेर्नुपर्छ
उसकै सपना, उसकै संसार
यी कानले सुन्नुपर्छ धर्म, कथा
गीत अनि उसकै विचार!

यो नाकले सुँघ्नुपर्छ
सुगन्ध अनि दुर्गन्ध पनि उसकै
यी ओठले चुम्नुपर्छ
ओठ अनि गाला पनि उसकै

यो जिब्रोले बोल्नुपर्छ मधुर बोली
उसले सुन्न खोजेजस्तो
गाउनुपर्छ "मीठो " गीत
उसैले रोजेजस्तो!
मानौँ
म कुनै अभिनेत्री हुँ
र, हो ऊ फिल्म निर्देशक

यी हात हरपल उसकै सेवामा तल्लीन हुनुपर्छ
ऊ हाँस्दा म हाँस्नुपर्छ अनि ऊ रुँदा म रुनुपर्छ

यात्रा चाहे उज्यालोतर्फको होस् या अँध्यारोतर्फको
पछ्याउनै पर्छ मैले उसैका पाइला
भन्न सक्दिनँ म यस रीतिले जीवन कहाँ पुग्ला!

उसले जबर्जस्ती निचोरेपछि मैले रसाउनुपर्छ
आँसु सङ्गसङ्गै प्रेमको रस पनि खसाउनुपर्छ

यो शरीर
तात्नुपर्छ उसकै इच्छा अनुसार
मात्नुपर्छ उसकै इच्छा अनुसार
भाँच्नुपर्छ उसकै इच्छा अनुसार
नाच्नुपर्छ उसकै इच्छा अनुसार

यो मुटु पनि
कहाँ आफ्नै इच्छाले धड्किन पाउँछ र?
रोजेको प्रेमपुष्प कहाँ फकृन पाउँछ र?

स्वप्नपुष्प फकृनुअघी नै
सुन्दर कुनै तस्वीर सजिनुअघी नै
निर्विकल्प बसिदियो ऊ यो हिर्दयमा
र, सम्मोहित गरेर मलाई
राज गरिरहेछ मेरै मष्तिष्कमा

समय खेतमा
आफ्नै धर्म, आफ्नै दर्शन रोप्न चाहन्छु
तर, सदीयौं पुरानो
धर्म -तालको बाँध भत्काएर
चलाइदिन्छ बाढी ऊ
र, बगाइदिन्छ मेरा नयाँ विचारबिजहरू
अनि, जबर्जस्ती रोप्छ ऊ
(आफ्नै) पुराना विचारका बिउहरू
र, घोच्छ ऊ मलाई बारम्बार
यसरी नित्य उसले
गरिरहेछ मलाई बलात्कार !

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - १७:५९:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend