Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ओएनयुएफ T-10 रनिङ सिल्ड क्रिकेटको उपाधी आयोजक कै पोल्टामा

ओएनयुएफ T-10 रनिङ सिल्ड क्रिकेटको उपाधी आयोजक कै पोल्टामा

नेप्लिज डायस्पोरा

२७, श्रावण २०७७
images
ओएनयुएफ T-10 रनिङ सिल्ड क्रिकेटको उपाधी आयोजक कै पोल्टामा

दर्पण तिमिल्सिना
ओस्लो, नर्वे

प्रवासी नेपाली एकता मन्च (ओएनयुएफ), नर्वेले पहिलो पटक आयोजना गरेको T-10 रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । ओस्लोको क्रीन्सो खेल मैदानमा भएको फाइनल खेलमा जनसम्पर्क समिति (जेएसएस) नर्वेलाई ६ विकेटले हराउदै आयोजक एकता मन्चले उपाधि उचालेको हो ।

निर्धारित १० ओभरको फाइनल खेलमा जेएसएसले दिएको ६७ रनको लक्ष्य बिजेता ओएनयुएफले २६ बल बाँकी छदै भेटाएको थियो । उक्त लक्ष्य भेटाउने क्रममा ओएनएफयुका कप्तान राजु धिताल र अर्का खेलाडी अरुण अधिकारीले समान १९ रनको योगदान गरेका थिए । बिजयी टिमले रनिङ कप, मेडल सहित नगद ४,००० क्रोनर ( नेपाली करिब रु ५०,०००) हात पारेको छ ।

उक्त खेलमा ओस्लोमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका ८ समुहले सहभागिता जनाएका थिए । प्रतियोगितामा फेयर प्ले अवार्ड नेपाली विध्यार्थी समाज ओस्लो (नेस्को) ले जितेको थियो भने ब्याटिङ र बलिङ दुबै तर्फ उत्कृष्ट प्रदर्शन गरेका ओएनयुएफका अरुण अधिकारी म्यान अफ द सेरिज हुनुभएको थियो ।

2.jpg

कार्यक्रमका प्रमुख अतिथि NRNA नर्वेका अध्यक्ष नयन मल्लले प्रतियोगी टिमका क्याप्टेनलाई बल र ब्याट प्रदान गरि खेलको औपचारिक उद्घाटन भएको थियो । कार्यक्रममा करिब ४०० बढी नेपालीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी महिलाहरुको लागी घैटो फोर्ने खेल समेत खेलाइएको थियो । घैटो फोर्ने कार्यक्रममा सबैभन्दा कम समयमा फोर्न सफल हेल्पिङ ह्यान्ड फर नेपाल , नर्वे का खेलाडी भएका थिए । बिजेता समुहलाई मेडल सहित २००० क्रोनर (नेपाली करिब रु २५,००० ) प्रदान गरिएको थियो । कार्यक्रममा बिचमा बालबालिकाको लागी तातो आलु खेल समेत खेलाइएको थियो । उक्त खेलमा इभा चौलागाई प्रथम तथा दिप्सा बडु द्वितीय भएका थिए ।

आयोजक प्रवासी नेपाली एकता मन्चले टिकटक भिडियो प्रतिस्पर्धा समेत गरेको थियो । जसमा ३० भन्दा बढी नेपालीले सहभागिता स्वरुप भिडियो पठाएका थिए । त्यस मध्ये २ सदस्यीय निर्णायकको छनोटबाट ओएनएफयु टिकटक स्टार- 2020 को उपाधी एरिना भुषालले जित्नुभएको थियो ।

3.jpg

पुरस्कार बितरण कार्यक्रममा बोल्दै मन्चका अध्यक्ष तथा कार्यक्रमका सभापति बिश्वास बजगाईले नयाँ तथा पुराना नर्वेबासी नेपालीहरु बिच भाइचारा बढोस भनेर नर्वेमा क्रिकेटलाई प्रतियोगिताको रुपमा अगाडी बढाउन पाउदा निकै खुसी लागेको बताउनु भयो । औपचारिक कार्यक्रमको संचालन ओएनयुएफ समर स्पोर्ट्स 2020 का संयोजक मनोज अधिकारीले गर्नुभएको थियो ।

4.jpg

5.jpg

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - ०१:५१:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend