Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनेसास पोर्चुगलले गर्यो कार्य बिभाजन सहित रिक्त रहेको स्थानमा पदपूर्ति

अनेसास पोर्चुगलले गर्यो कार्य बिभाजन सहित रिक्त रहेको स्थानमा पदपूर्ति

नेप्लिज डायस्पोरा

४, भाद्र २०७७
images
अनेसास पोर्चुगलले गर्यो कार्य बिभाजन सहित रिक्त रहेको स्थानमा पदपूर्ति

शान्ति अर्याल अधिकारी

लिस्वन, पोर्चुगल


अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले कार्य समिति भित्र कार्य बिभाजन गरेको छ। कोरोना महामारीको कारण पोर्चुगिज सरकारले निर्देशन गरेको नियमलाई आत्मसात गर्दै भर्चुअल बैठक बसी अनेसासले आफ्ना कार्यक्रमहरू अगाडि बढाएको हो ।

संस्था को पाँच वटा शिर्षकमा उपसमितिको संयोजक तोकी जिम्मेवारी प्रदान गरिएको छ । नव गठित उप समितिको अनुशासन समितिको संयोजकमा -यादव देवकोटा, प्रकाशन समितिको संयोजकमा सोम अनुराग बस्नेत, सास्कृतिक समितिको संयोजकमा सागर शाह, प्रेस संयोजकमा शान्ति अर्याल अधिकारी र भाषा सम्बर्द्धन संयोजकमा बिधा आचार्य चयन हुनुभएको छ ।

बैठकले रिक्त रहेको महिला सचिव पदमा समितिका सदस्य शान्ति अर्याल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तैगरी सल्लाहकारमा साहित्यकार सिता बराल र अर्जुन घिमिरेलाई सर्वसम्मत चयन गरेको छ भने कार्य समितिमा ५जना साहित्यिक ब्यक्तिहरूलाई मनोनित गरेको छ ।
संस्थाका अध्यक्ष स्पन्दन बिनोदले उपसमितिहरू गठन गर्नुपर्ने आवश्यकता साथै समितिको काम कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो।


संस्थाले राष्ट्रकवि माधब प्रसाद घिमिरेप्रति शोक प्रस्ताव पारित गरेको छ ।

यो कार्यकालमा वेबसाईट पुरा गर्ने, संस्था दर्ता गर्ने, पात्रो प्रकाशन गर्ने, सामुहिक रचना संग्रह प्रकाशन लगायतका भाबी योजनाहरुको बिषयमा छलफल गरिएको थियो । महासचिव अर्जुन बाराहालीले संचालन गर्नु भएको बैठकको अध्यक्षता स्पन्दन बिनोदले गर्नु भएको थियो ।

 

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०४:३०:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend