Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

दर खाने पैसा बचाएर नेपाली महिला समाज पोर्चुगलले पहिरो पिडित लाई ५० हजार रुपैया सहयोग गर्ने

दर खाने पैसा बचाएर नेपाली महिला समाज पोर्चुगलले पहिरो पिडित लाई ५० हजार रुपैया सहयोग गर्ने

नेप्लिज डायस्पोरा

५, भाद्र २०७७
images
दर खाने पैसा बचाएर नेपाली महिला समाज पोर्चुगलले पहिरो पिडित लाई ५० हजार रुपैया सहयोग गर्ने

शान्ति अर्याल अधिकारी
लिस्वन, पोर्चुगल ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परि ज्यान गुमाएका परिवारका महिला तथा बालबालिकाहरुको सहयोगार्थ पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगल मार्फत यसपालीको तीज मनाउने र दर खाने पैसा नगद रु ५० हजार पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् ।

"नेपाली महिला समाजले विगत बर्षहरुमा पोर्चुगलमा सार्वजनिक कार्यक्रम गरी भव्य रूपमा तीज मनाउने र दर खाने गरेको थियो । तर यसपटक कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी सार्वजनिक रूपमा तीज मनाउने र दर खाने कार्यक्रम स्थगित गरी दर खाने र कार्यक्रम गर्ने पैसा पहिरो पीडित महिला दिदिबहिनी तथा बालबालिकाका लागि रु ५० हजार नगदै सहयोग पठाउने निर्णय भएको" महिला समाजकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।

कोरोना महामारीले रमाइलो गर्ने माहोल त छैन नै, अहिले पोर्चुगल सरकारको नीति निर्देशन बमोजिम तीज मनाउन जमघट र सार्वजनिक कार्यक्रम गर्नु उचित पनि छैन, त्यसैले हामी दिदीबहिनीहरुले दर खाने र तीज मनाउने सानै रकम भए पनि पहिरो पीडितलाई पठाउने भएका हौं, समाजकी महासचिव सरिता शर्माले जानकारी दिइन् ।

पैसा स्थानीय निकायका जनप्रतिनिधि मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिने तयारी रहेको समाजकी सचिव सरला तिमिल्सिनाले जनाइन् ।

कोरोना महामारीको चपेटाले सबैको स्थिति कठिन भएको बेला पनि तीज मनाउन तयार गरेको पैसा पहिरोले आहत भएको परिवारलाई केही राहत होस् भन्ने हेतुले प्रदान गर्न लागिएको र यसमा सहयोग गर्ने सबैमा कोषाध्यक्ष सुशीला थापाले धन्यवाद दिइन् । सहयोगदाताहरु सबैको नामावली केही दिनमा नेपाली महिला समाज पोर्चुगलको फेसबुक पेजमा प्रकाशित गरिने पनि उनले बताइन् ।

कोरोना महामारीको बीचमा तीज मनाउन तयार गरिएको रकम महिला समाज पोर्चुगल मार्फत पहिरो पीडितलाई दिने अत्यन्त उदारणीय र अनुकरणीय कार्य गरेको भनी पोर्चुगलको नेपाली समुदायले संघ-संस्थाका अगुवाहरुले प्रशंसा र धन्यवाद दिएको पाइएको छ ।

नेपाली महिला समाज पोर्चुगललाई निर्मला ढकाल खराल, माया खराल, सरिता शर्मा, सरला तिमिल्सिना, सुशीला थापा, शान्ति अर्याल अधिकारी, शोभा गिरी, नानीमाया तामाङ, सुमित्रा दिवाली, सर्मिला ढुंगाना, सरस्वती पौडेल तिवारी, देवका थपलिया, गोमा गैरे देवकोटा, रितु सापकोटा, इन्दिरा परियार लगायतका महिलाहरुले नेतृत्व र अगुवाई गरिरहेका छन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०४:४०:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend