कन्चन म्युजिक इन्टरटेनमेन्टले अगष्ट २१ २०२० का दिन तीजको अवसर पारेर "रातो छ साडी" बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार बिनोद रोकाको रचना र बसन्त खड्काको संगीत रहेको उक्त गीतमा बसन्त खड्काको स्वर रहेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् ।
गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) संगीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन वर्ल्ड कवर मिडियाका लोकेश भट्टले गरेका छन।
तीजको गीतहरू प्रायजसो महिलाको दृष्टिकोणबाट लेखिने गरेकोमा गीतकार बिनोद रोकाले यस गीतमा पुरुषको दृष्टिकोणबाट महिलाको चित्रण गर्ने प्रयास गरेका छन। परम्परागत तीजे गीतको भन्दा प्रिथक खालको संगीत गरेर बसन्त खड्काले यो गीतमार्फत नयाँ चुनौतिको सामना गरेका छन । लेखन र संगीत दुबै हिसाबले तीजको यो गीत फरक स्वाद्को बनेको छ।
यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृगतृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली, “लालिमा” “छहरा”, “बेस्ट अफ बसन्त खड्का १ र २ लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् । कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् । कन्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र संगीतमा “राजमार्ग”, डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै संगीतमा “संगै संगै , सुविद गुरागाइको रचना र आफ्नै संगीतमा “कालापानी”, रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत सुनिता दुलालसँग युगल स्वरमा “घुम्टो” लगयत गीतहरू सार्वजनिक गरिसकेका छन् ।
न्यु योर्क निवासी पेशाले इमिग्रेसन लयर बिनोद रोका सामाजिक तथा साहित्यिक व्यक्तित्वको रुपमा पनि परिचित् छन् । यस् अघि उनका शम्भुजीत बास्कोटाको संगीतमा मेरी प्रिया (२००८) गीती एल्बम र जीवनको यात्रा (कवितासङ्रह ) प्रकाशित छन । यसका अतिरिक्त उनका केही भजन र बिभिन्न गायक गायिकाका स्वरमा आधुनिक गीतहरू पनि रेकर्ड भएका छन । बिभिन्न अन्लाइन हरूमा उनका गीत कविता भजन र कानून सम्बन्धी लेखरचनाहरू नियमित प्रकाशित हुने गरेका छन ।
कोरोनाको कहरले थालिएको रमझम बिहिन भएको यस् बर्षको तीजमा सबैलाई सुरक्षित रहन र् युट्युब बाट भए पनि मनोरन्जन गर्न अनुरोध गर्दै गीतकार रोका र गायक खड्काले यो गीत एक पटक हेरिदिन अनुरोध गरेका छन । बिनोद रोकाको रचना र बसन्त खड्काको स्वरमा रहेको तीज सम्बन्धी यो गीत "रातो छ साडी" सुन्नको लागि लिंक: