Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लमजुङ समाज पोर्चुगलद्धारा पहिरो र मृगौलापीडितलाई तीन लाख ३० हजार सहयोग

लमजुङ समाज पोर्चुगलद्धारा पहिरो र मृगौलापीडितलाई तीन लाख ३० हजार सहयोग

नेप्लिज डायस्पोरा

११, भाद्र २०७७
images
लमजुङ समाज पोर्चुगलद्धारा पहिरो र मृगौलापीडितलाई तीन लाख ३० हजार सहयोग

 

लमजुङ समाज पोर्चुगलद्धारा संकलित आर्थिक सहयोग लमजुङका पहिरोपीडितलाई उपलब्ध गराइएको छ । मस्र्याङ्दी गाउँपालिका अन्तर्गत तरापुस्थित पल्लोटारीका २३ घरपरिवारलाई रु. २ लाख ३० हजार उपलब्ध गराइएको हो ।

रोजगारीको सिलसिलामा युरोपियन मुलुक पोर्चुगल आएका लमजुङ र अन्य जिल्लाका नागरिकको सहयोगमा संकलित रकम वास्तविक पीडितलाई उपलब्ध गराइएको समाजका अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार संकलित रकममध्ये पूर्ण क्षतिग्रस्त २१ घरपरिवारलाई १० हजारका दरले २ लाख १० हजार र छहरेखोलाका विस्थापित २ घरपरिवारलार्ई १० हजारका दरले रकम उपलब्ध गराइएको हो । सहयोग रकम पोर्चुगलबाट घरबिदामा लमजुङ पुगेकी स्वस्तिका गुरुङले बुधबार मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई बुझाएकी हुन् ।

मस्र्याङ्दी–३ पल्लोटारीमा गाउँमाथिबाट पहिरो आएर बस्ती पुरेपछि पीडितलाई सहयोग गर्ने उद्धेश्यले समाजले ‘राहत कोष’ स्थापना गरी आर्थिक संकलन गर्नुपरेको अध्यक्ष गुरुङले बताए । ‘पल्लोटारीका पहिरो पीडितलाई राहत उपलब्ध गराउनको लागि सबै लमजुङबासीले साथ दिनुभएको छ ।’ अध्यक्ष गुरुङ भन्छन्, ‘कोरोनाको महामारी भएपनि आफ्नो गास कटाएर पहिरो पीडितलाई सहयोग गर्नुभएको छ । यसप्रति सबै जिल्लाबासी र अन्य जिल्लाका सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दछु ।’

अहिले रोजगारीको सिलसिलामा पोर्चुगल आएका लमजुङेको संख्या ६ सय माथि छ । उनिहरुकै सहयोगमा राहत संकलन सफल भएको समाजका सचिव कमल पनेरु बताउँछन् । उनले पिडामा रहेका पीडितलाई सानो रकम भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

चार जना मृगौलापीडितलाई जनही २५ हजार


लमजुङ समाज पोर्चुगलले संकलित रकममध्ये रु. एक लाख मृगौलापीडितलाई पठाएको छ । समाजले जिल्लाका चारजना मृगौलापिडितलाई जनही २५/२५ हजारका दरले रकम पठाएको हो ।

समाजका अध्यक्ष गुरुङका अनुसार यसरी रकम पाउनेमा क्व्होलासोंथर गाउँपालिका वडा न. १ का नारायण बहादुर गुरुङ, बेसीशहर नगरपालिका वडा न. ९ की सन्तकाशी गुरुङ, राईनास नगरपालिका वडा न. ५ का दीपक नेपाली र मस्र्याङ्दी गाउँपालिका वडा न. ३ की निरमाया भुजेल रहेका छन् । उनिहरुलाई उपचारमा सहयोग पु¥याउने हिसावले जनही २५ हजारका दरले रकम पठाइएको अध्यक्ष गुरुङको भनाई छ । ‘हामीले पीडितकै बैंक खातामा रकम पठाएका हौं ।’ उनले भने रकम दुरुपयोग नहोस् भन्दै सम्बन्धित पीडितको बैंक खातामा जम्मा गरिदिएका हौं ।’

थप सहयोग गर्ने प्रतिबद्धता


घरदेश र परदेशमा रहेका लमजुङबासीका लागि सहयोग गर्ने हेतुले स्थापना गरिएको समाजले आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । समाजका कोषाध्यक्ष बिशाल गुरुङका अनुसार राहत कोषमा ४ हजार ७ सय ८२ यूरो सहयोग जम्मा भएको छ । ‘संकलित रकममध्ये तीन लाख ३० हजार पहिरो र मृगौलापीडितलाई पठाएका छौं ।’ उनले भने, ‘कोषमा बाँकी भएको अन्य रकम स्वदेश र पोर्चुगलमा भइपरी आउने आपतकालिन शिर्षकमा खर्च गर्ने गरी समाजले निर्णय गरेको छ ।’

समाजका उपाध्यक्ष सौगात विष्टले आपतकालिन सहयोग लमजुङमात्रै नभई अन्य जिल्लामा पनि गरिने जानकारी दिए । उनले समाजका पदाधिकारीको मिहेनत र दाताहरुको सहयोगले वास्तविक पीडितलाई राहत मिलेको बताए ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - ०७:०६:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend