झापा । प्रधानमन्त्रीकाे गृहजिल्ला झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको निधन भएको छ। झापा गाउँपालिकामा गोरु काटेको विषयमा विवाद उग्र बनेपछि स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको छ। विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेपछि विरोधमा उत्रेका स्थानीय बासिन्दासँग प्रहरीको झडप भएको थियो । २ सय भन्दा बढीको भीडले आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको जनाएको छ।