Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अछाममा राहात वितरण गरि फर्किए हाम्रो टिम नेपालका युवाहरु

अछाममा राहात वितरण गरि फर्किए हाम्रो टिम नेपालका युवाहरु

images
अछाममा राहात वितरण गरि फर्किए हाम्रो टिम नेपालका युवाहरु

काठमाडाैँ । सामाजिक काममा निरन्तर सक्रिय युवाहरुको सम्ह हाम्रो टिम नेपाल र सामाजिक अभियन्ता जनक सुनारको सक्रियतामा राहात वितरण भएको छ । केहि हप्ता अगाडी अछामको रामारोसन गाउँपालिका ५ मा गएको बाढि पहिरोको कारण ज्यान गुमाएका परिवारहरुलाई नगदसहित राहात हस्तातरण गरिएको हो ।

काठमाडौँवाट गएको हाम्रो टिम नेपालका मनकारी युवाहरु र अभियन्ता सुनार सहितको टोली प्रभावित क्षेत्रमामै पुगेर राहात हस्तान्तरण भएको छ । हाम्रो टिमका अभियन्ताहरु उमेश बोहोरा, अनिल बानियाँ लगायतका युवाहरुले मृतक १७ परिवारलाई राहात हस्तान्तरण गरिएको हाम्रो टिमका साजन श्रेष्ठले जानकारी दिएका छन् । Acham3.jpg

हाम्रो टिम नेपाललाई परदेशमा रहेर सामाजिक काममा निरन्तर सक्रिय अभियन्ताहरु ईशा गुरुङ,खुशी राई,लिला राई, विनि गुरुङका साथै पल शाह फाउन्डेशनले बिषेश सहयोग गरेको थियो । स्मरण रहोस् केहि दिन अगाडी कालिकोटको नरहरीनाथ गाउँपालिकामा गएको बाढि पहिरोका कारण प्रभावित परिवारहरुलाई राहात हस्तान्तरण गरी हाम्रो टिम नेपालका युवाहरु अछाम पुगेका हुन् । हाम्रो टिम नेपालले धेरै बर्ष पहिलेदेखि यस्तै सामाजिक कामहरु गर्दै आएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १८:२२:५२ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend