काठमाडाैँ । संसारभर महामारीका रुपमा फैलिरहेकाे कोरोना भाइरसले नेपालमा पनि ठुलै असर गर्याे । काेराेना भाइरस नफैलियाेस् भन्दै सरकारले लगाएकाे लकडाउनका कारण समस्यामा परेका दुखी पिडितहरुकाे सेवामा हरेकदिन खटिएका मनकारी पात्र हुन् म्युजिक क्षेत्रका डिजेद्धय रोशन श्रेष्ठ (Dj रेविट) र आशिफ शाह (DJ आशिफ) ।
लकडाउकै कारण भाेक भाेकै बस्न बाध्य मजदुरहरुका लागि हरेक दिन निशुल्क खान खुवाउन व्यस्त म्युजिक क्षेत्रका डिजेद्धयले गरेकाे मनकारी कामकाे अचेल निकै प्रशंसा हुन थालेकाे छ । नेपाल कमर्श क्याम्पसमा स्नातक पढ्दै गरेका म्युजिक क्षेत्रका डिजेद्धय रोशन र अशिफ बिभिन्न संघसस्थामापनि आवध्द रहि सामाजिक काममा निरन्तर सक्रिय रहनुहुन्छ । आफुले आफुलाई विभिन्न सांगितीक माहोलमा आउदै विधार्थीहरूका हितमा लड्ने देखि लिएर समाज सेवामा तल्लीन हुनुहुन्छ ।
उहाँ भन्नु हुन्छ ” समाजको एउटा अभिन्न अंगको रुपमा जन्मेपछि आफुबाट गर्न सकिने जतिपनि कामहरु हुन्छ म त्यो आफ्नै कर्तब्य र जिम्मावारी को रुपमा कार्य निर्वाह गर्दछु, कोहि कसैलाई पनि आपत विपत परेमा मलाई सिधै फोन कल गर्न सक्नु हुन्छ ”
यस कोरोनाको विषम परिस्थिमा कला सङ्गितको अभिन्न अंगको रुपमा लिईने Dj हरुको तर्फबाट Dj रेविट (रोशन श्रेष्ठ ) र Dj अशिफले बिभिन्न आपत विपतमा परेकाहरुलाई सहयोग गर्ने हेतुले केहिमात्रामा भएपनि 100,s ग्रुपलाई चामल, तेल र पानी सहयोग गर्नुका साथसाथै बितरण क्षेत्र पुगेर खाना पनि बाडेका छन । यस्तो विषम परिस्थिमा आफुहरु एउटा समाजको पाटो भएको कारणले पनि सबैलाई हुने दुःख हरुलाई मिलेर हटाउन कांधमा कांध थपेको हो भन्नु भयो ।
एउटा विधार्थी सङगित कर्मी, कलाकारिता र बिधार्थी नेताका रुपमा परिचित अनुहार यसरी समाज सेवाको निम्ति निरन्तर खटिरहनु भएको छ ।यस कोरोना कहरले कुनैपनि पेशा, धर्म र वर्ग आदि भनेर छुटाउदैन , यस्तो अबस्थामा सबैले सक्ने सहयोग को भावना राख्नु पर्दछ , उहां बिभिन्न सहयोगको भावनाका साथ लाग्नु भएका कपडा बैक, राहत वितरण , रेडक्रस, युवा क्लव र स्वंयसेवक भएर लकडाउन भएदेखि रत्नपार्क क्षेत्रमा निःशुल्क भोजन वितरण मा पनि सकृय हुनु हुन्छ ।

