शान्ति अर्याल अधिकारी
लिस्बन पोर्तुगल
बिगत एक बर्ष देखी पोर्चुगल बस्दै आएकी रेनुका पौड्याल तिवारीको असामयिक निधन भएको छ ।बिगत एक बर्षदेखी नै स्तन क्यान्सरको समस्याले गुज्रिरहेकी रेनुकाको यही अगस्ट 27 तारिख बिहान 6:30 बजे उपचारको क्रममा लिस्बन स्थिति साउ जोसे अस्पतालमा दुखद निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँ पालिका ५ मा जन्म घर भएकी रेनुकाको बिवाह कास्की जिल्ला मा भएको थियो । रेनुका दुई सन्तान कि आमा हुन । एक बर्षकी छोरी र श्रीमानसग मृतक रेनुका लिस्बन बस्दै आएकी थिइन् । उनीहरूका १० बर्षीय छोरा भने नेपाल मै रहेको रेनुकाको श्रीमान जायेश्वर खनालले बताउनुभयो ।आजै
एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले एक शोक बक्तब्य जारी गर्दै मृतकको चिर शान्तिको कामना र परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्नु भयको छ ।
त्यस्तै पोर्चुगल स्थिति नेपाली एकता मंच, जनसम्पर्क समिती पोर्तुगल, नेपाली महिला समाज पोर्चुगल, नेपाली नारी समाज पोर्चुगल लगायत बिभिन्न संघसंस्थाहरूले दुख ब्यक्त गरेका छन ।
मृतक रेनुकाको शबलाई पारिवारिक सहमती मा भोली अगस्ट 29तारिखका दिन अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कारको तय गरिएको एनआरएनए अध्यक्ष गैरले बताउनुभयो ।गैरेका अनुसार पछिल्लो ९ महिनाको अवधिमा रेनुका सहित १२ नेपाली ले पोर्चुगलमा ज्यान गुमाइसकेका छन्।
हिजो अगस्ट २७ तारिक लिस्बोनको मार्तिम मुनिजको साउ जोसे हस्पिटलमा असमायिक निधन भएको खबरले हामी पोर्तुगलवासी सम्पूर्ण गैर आवासीय नेपालीहरु अत्यन्त दु:खी र मर्माहत भएको एनआरएनए पोर्तुगलको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।
"असिम वेदना र दु:खको यो घडीमा स्व. रेनुकाको असामयिक निधनप्रति गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगल भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछौं" फेसबुकमा भनिएको छ।
यसैबीच निधन भएकी रेनुका पौड्याल खनालको अन्तिम श्रद्धान्जली र दाह संस्कार कार्यक्रम निम्न मिति र स्थानमा हुने भएकोले आदरणीय पोर्तुगलबासी सम्पूर्ण नेपालीहरुमा जानकारी गराएको छ ।
समय : भोलि दिउँसो १:३० बजे
स्थान : हस्पिटल साओ जोसे मार्तिमुनिज (फ्यूनुराल कापुसोको ठीक अगाडि)
दाहसस्कार गरिने समय : भोली दिनको ठीक ३:३० बजे
दाहसस्कार गरिने स्थानको ठेगाना : parada Alto de São João,3 1900-053,Lisboa
नोट : पोर्तुगल सरकारको कोरोना संक्रमण नियन्त्रण निति अनुसार १० जना भन्दा बढी मानिसहरु एकै ठाँउमा जम्मा हुन नमिल्ने भएकोले नियमलाई ख्याल गरिदिनुहुन समेत बिनम्र अनुरोध गर्दछौ
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) पोर्तुगल ।
सन् २०१९ मा पोर्चुगलमा निधन भएका नेपालीहरु