प्रिय २०७७
सुरुवात देखि हाम्रो सम्बन्ध चिसो रह्यो
मन नदुखाउनु
क्यालेन्डरको पन्नामा तिमी झुन्दिएर बस्यौ
म पनि टुलु टुलु तिमीलाई घुर्दै बसें
चाडवाद पर्व उत्सवमा चुरी फुरी गर्न नपाई
तिम्रा साडी गर गहना दराजमै थन्कियो
हो त्यस्तै नि मेरा जुत्ता लुगा झोग्रिएर ढुस्सि नै परे
म मात्र कहाँ खुशी छु र
तनावले भएका १ २ बोटल पनि रित्तिए
साबून पानिले पखालिने कोरोना कहाँ हो र हाम्रो सम्बन्ध
हर्ष बढाइं गर्दै नव बर्षमा भित्राएको पो त तिमीलाई
थाहा छ तिमी रिसाएकी छ्यौ
तलव थाप्न नपाएर
भोकाएको रित्तो झोला देखेर
भो चुप लाग न प्रिय ७७
आइ त हाल्छ २ ४ दिन न हो
बैशाख १ मा तिमी फेरी चमचमाउने छौ
तिम्रै नाममा उत्सब हुने नै छ
आउंछ अवश्य आउंछ
दशै तिहार साथी संगी हातेमालो
Good Friday Happy Hour फेरी आउंछ
प्रिय २०७७ मन राख
हेर त तिम्रै आसमा संसार बांचेको छ।
सतिश चापागाईंको चर्चित कविता "विमानस्थलमा बा !"