काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस संक्रमणका जोखिमयुक्त समूहको पहिचान गरि काठमाडौंका हजारौं नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न सरकारसँग माग गरेका छन् ।
सांसद थापाले ट्विट मार्फत काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा संक्रमितको सम्पर्कमा आएका साथै उच्च जोखिममा रहेका समूहमा ५१४ परीक्षण गर्दा २७ जना कन्ट्याक्ट ट्रेसिग गर्दा र ३८ जना जोखिम समूहबाट गरी ६५ जना भन्दा बढिमा कोरोना भाइरस देखा परेको उल्लेख गरेका छन् । उनले उक्त कार्यमा सहयोग गर्ने बुढानिलकण्ठ कार्यालयको पूरा टिम र नेपाली सेना प्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।
यसले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिग बाहेक जोखिमयुक्त समुहमा व्यापक परीक्षण गर्नुपर्ने कुरा पुष्टि भएको उल्लेख गर्दै थापाले यसतर्फ सरकारको ध्यान जानु पर्ने बताएका छन् । उनले स्थानीय सरकारसँगको समन्वयमा जोखिम युक्त समूहको पहिचान गरि निषेधाज्ञाको अवधिमा काठमाडौमा हजारौको परीक्षण गर्न समेत माग गरेका छन् ।
https://twitter.com/thapagk/status/1299986199210201088?s=20