मानिसको अस्तित्व किन हराएको छ शहरमा
एकापसमा झनै किन डराएको छ शहरमा ।
खुट्टा तान्ने प्रवृति अझै तिव्रता प्रगाढ बन्दैछ
अविश्वासको मात् किन लहराएको छ शहरमा।
ती पोथ्री नाङ्गिएकी लज्जास्पद दृष्य कसरी हेर्नु
चरित्रहीनहरू किन चराएको छ शहरमा।
धनको आडमा लुटिन्छ दैनिक् वेवस फूलहरू
सम्पतिको घमण्ड किन भराएको छ शहरमा।
सरल जीवन, उच्च विचार उत्तम हुन्थ्यो सधै
ती आवश्यकताले किन मराएको छ शहरमा ।
भैंसेपाटी, ललितपुर
हाल : परदेश