Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मातृत्व (लघुकथा) -सीता बिष्ट कार्की 'सीबिका'

मातृत्व (लघुकथा) -सीता बिष्ट कार्की 'सीबिका'

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
मातृत्व (लघुकथा) -सीता बिष्ट कार्की 'सीबिका'


करिब १२ बजे राती दक्षिणतिरबाट हेडलाइट बालेको बस टक्क अडियो । ड्राइभर तल झर्यो चकमन्न रातमा कालो सडकमा लमतन्न पसारिएकी एकजना यूवतीलाई ब्यूँझाउन ।


" तपाई को हो ? बाटोमा यसरी नसुत्नुस ।"


"म कोही होइन भाई, म केवल एउटा बाटो हुँ, राजमार्ग हुँ जहाँबाट हजारौं गाडीहरू हिँड्ने छन् र मेरो अस्तित्व बिलाउने छ । म नासिन चाहन्छु ।"
"धत् दिदी, यस्तो कुरा नगर्नुस न ।"


" नारी भनेको धर्ती हो भाई अहिले मलाई धर्ती हुन दिनुस् ताकी मलाई राजमार्गका हजारौं गाडीले किचून ।"


यस्तै गन्थन सुनेपछि ती महिलालाई चालकले आफ्नो गाडीको एउटा सिटमा बस्न लगायो , दिदी भनेर संबोधन गर्यो । उनमा अलिकति झिनो आशा पलायो, थोरै बौरिएर यताउता प्यासेन्जरलाई पनि हेर्न थालिन, सबै मस्त निदाइरहेका छ्न् ।आफ्नै आडमा आमाको काखमा निदाइरहेको बच्चा देखेपछि उन्को मातृवात्सल्यताले दुवै स्तनहरु चरक्क चर्किए । यो बच्चाको अनुहारमा उनको छोरीको अनुहार टाँसेर हेरिरहिन । भोकले आत्तिएको अनुहार, हिजोदेखी अहिलेसम्म कति आत्तिएकी होली , केही त भएन छोरीलाई उनको मनमा आगो दन्कियो ।


गाडीले घुम्ती मोडेपछि फेरि सम्झिन थालिन् दु:खको कथा, मैले काखमा दूध खुवाइरहेको बच्चालाई मेरो होइन भनेर पिटेपछि मर्मान्त भएँ, सहने सीमा रेखाहरू मेटिए , बारम्बार यो पिडाले धेरै छट्पटी भयो, त्यसैले गलत निर्णय गरेकी हुँ, छोरीको बाबु आखिर उही हो, बारम्बार मलाई म यो बच्चाको बाबु होइन भनेपछि कसरी सहनु ?, मनोसंवाद गर्दागर्दै उनी छोरीलाई संझिन, "कति रोई होली ! 'म यसको बाबु होइन' भन्नेले कति झर्को मान्यो होला ?"


"चालक भाई मलाई यहीँ ओरालिदिनुस् है !"


"घर आइपुग्यो र दिदी ?" चालकले सोध्यो उनले भनिन् ," "यही बच्चा रोइरहेको घर हो भाई मेरो, कहिलेकाही पस्नुस है तपाईं मेरो आफ्नै भाई हो, मलाई बचाएर मेरो नाबालक छोरीको उद्धार गर्नु भो यो गुन जिन्दगीभर भुल्ने छैन ।" यति भनेपछि गाडी घुँइकियो पूर्वतिर ।


मानिस आफ्नो आत्मासँग कहिल्यै बोल्दैन, कोठाको नजिकै आएर ठनासिरहेकी थिइन उनी, मायाले फकाइरहेको थियो छोरीलाई, एक्लै गुनगुनाएको सुनी, मैलै रिसको आवेगमा भने छोरी आखिर त मेरै हो अब म खोज्न जान्छु भन्दै बाहिर निस्कदै थियो, झ्वाट्ट देख्यो मलिन अनुहार लिएर ढोकामा उभिएकी विवश नारीलाई अनि उसले हठात् माफ माग्यो, दुवैको आँखाबाट आँशु चुहिरहयो एकअर्काले अङ्गालो मारेपछि उनी फनक्क छोरीतिर फर्केर छोरीलाई काखमा राखी मातृवात्सल्यता पोखिरहिन् ।

- टोखा - ९ गोङ्गबु काठमाण्डौ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०३:२३:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend