Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रिय पतझड़ (कविता) - सुमित्रा थामी 'अविरल'

प्रिय पतझड़ (कविता) - सुमित्रा थामी 'अविरल'

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
प्रिय पतझड़ (कविता) - सुमित्रा थामी 'अविरल'

 


हिजो आज म तिम्रो गाउँको माथी सड़कबाट हिड़िरहेकीछु
जुन सड़कमा मलाई घरदेखि हिंड़ेर जानु आँट नै आउँदैन थियो
चक्का जाम हुन्थ्यो
गाड़ी चढ़े पनि बजारसम्म पुग्न घण्टौ लाग्थ्यो
तिमीलाई थाहा छ ?
अहिले यी सड़कहरूमा
सुक्का पतझरहरू उड़ी उड़ी एक- अर्कासँग मितेरी गाँसी रहेका छन् ।
अनि म यही लम्पसार खुल्ला सड़कबाट तिम्रो गाउँलाई चिहाइरहेकी छु
चारै दिशाबाट ढाकेको
चियाका थुम्काहरूलाई मज्जाले निहाल्छु
पुर्खाको पसिना र रगतका सुगन्ध
महशुश गर्छु
एक किसिमको शान्त छ
कता कता चराहरू चिरबिराइ रहेका छन्
झ्याउँकिरीहरू कराइरहेका छन्
गाउँलेहरूका पातलो हिँड़ाइ छन्
तर मलाई यो पनि आभाष भइरहेछ
त्यहाँ लागेका घाम मज्जाले हाँस्न सकिरहेका छैनन्
म माथिबाट तल हेर्छु
चियाको मुना सरह तिम्रो घर आँगनमा कुखुराका चल्लाहरू सल्बलाइरहेका छन्
लकडाउनको समस्याले कुखुराहरूलाई चारो नपुगेपछि सुर्ताले बरर्बराइरहेको देख्छु
तिम्रो कोठो बारीमा
बर्खे रायो / लाली / मेथी / तोरीको साग लहलह
आह ....
फेरि
डल्ले खोर्सानीमा मलजल गर्दै गरेको हेरिरहेछु
तिम्रो छेवैमा सिमरनकी आमा
राजू र सिमरनको पढ़ाइबारे चिन्ता पोखिरहेकी सुन्छु
हेर न मसँग प्रयाप्त समय छ
तर म जस्तै प्रयाप्त समय संकल्प दिदीकोमा छैन
उनी आफ्नो ज्यान हत्केलामा राखेर
पत्रकारको धर्म निभाइरहेकीछिन्
सोनुले भने आज्ञाकारी बनी लकडाउन पालन गरिरहेकी छे अहिले घरि
सुन्छु भावना र सतिकाको ड्युटी पनि सिलगुढ़ी मेडिकल कलेजमा सरूवा भयो अरे
फेरी सुन्छु त्यहीँ हस्पिटलकी एक जना नर्सकी दुई बर्षे छोरो कोरोना संक्रमित भयो अरे ।
के भनौं प्रिय पतझड़ !
हिजो आज
मलाई भने घरमा पुगेर भान्सा समाल्नु कुनै हतार छैन ।
तिम्रै घरको डिलबाट हिँड्दैछु बिहान बेलुकी
तर अफसोस अदृश्य बार लागेको छ
म नाघेर आउन चाहन्छु
तिम्रो मायाको स्पर्श चाहन्छु
तिम्रो हातको मिठो चिया पिउन चाहन्छु
पुराना मिठा यादहरूको खाता पल्टाउँदै
बातहरू गर्न चाहन्छु
तर... म आए भने
तिम्रो ज्यानलाई खतरा छ
तिम्रो केशराशी मन्ध हावामा उड़िरहेको देख्छु
तिम्रो मधुर मुस्कान जस्तै
फेरी त्यहीँ उज्यालो दिन फर्किने आशा साँचेर तिम्रो गाउँलाई हेरिरहेछु ।
हो प्रिय पतझड़ फेरी त्यही उज्यालो दिन फर्किने आशा साँचेर
तिम्रो गाउँलाई हेरिरहेछु ।

- सिंहमारी, दार्जिलिङ्ग, भारत ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०३:२९:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend