Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भ्रष्टको सबै गुलामी गर्नु नै कर्म मान्यौ - मदन नेपाल (५ मुक्तकहरू)

भ्रष्टको सबै गुलामी गर्नु नै कर्म मान्यौ - मदन नेपाल (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
भ्रष्टको सबै गुलामी गर्नु नै कर्म मान्यौ  - मदन नेपाल (५ मुक्तकहरू)

 

मुक्तक - १
मन सफा छ छैन , पोशाक मात्र हेरेर देखिंदैन
कुरो सत्य हो या हैन , किताबमा पढेर पढिंदैन
नाम हो कि, 'थेगो' के हो कुन्नि राम राम भन्छन्
आँसुमा छैन चैन, अनुहारको वेदनामा बुझिंदैन


मुक्तक - २
झुकेको देख्छौ ती वृक्ष , जसमा फलेको हुन्छ फल
फल्दैन सालको बोटमा, जतिसुकै गरे नि मलजल
नदेखाऊ आश निरिह प्राणी हुन् यी तिम्रा जनताहरू
भ्यागुताका संसार तालमै जति उफ्रे नि तलका तल ।


मुक्तक - ३
भविष्य भनेर, गुन्द्रुक बनाएँ जिन्दगी, हरियो साग थियो
जता भन्थे, गुल्टिएँ पल्टिएँ म, यही समयको माग थियो
आजको केही ज्ञान छैन, भोलिको सुर्ता गर्दा गर्दै सकिएँ
सुन्नेले के सुने, भन्न मैले छोडिनँ, यही नै मेरो वैराग थियो ।


मुक्तक - ४
भाग्य लेख्ने कर्म थियो पाएको, दुई छाक खाई पर्म मान्यौ
झुठो भ्रमको तिरी-मिरी संसार, पापीको कर्म नै धर्म मान्यौ
बखान र उखान सुनेर, चर्म मात्र शर्म धर्म निर्विकल्प ठानेर
पुरस्कारमा लुट चोर भ्रष्टको सबै गुलामी गर्नु नै कर्म मान्यौ ।


मुक्तक - ५
भनौं पनि कति भनौं , भएन कोही छाती चर्किएको देख्ने
मायाँको आश गरेथें , ब्यर्थ नजिक आई झर्किएको देख्ने
संसारको रित हो या बेइमानी नियत यस्तो बुझ्न सकिन
निष्ठूरीनै आफ्नी थिइन, अबिरल आँसु दर्किएको देख्ने ।

- लाजिम्पाट - २ काठमाण्डौं ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०३:३१:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend