(१२२ १२२ १२२ १२२
मुतकारिब मुसम्मन सालिम)
पुग्यो पाइला त्यो शिखरमा कसैको
बित्यो जिन्दगानी बगरमा कसैको ।
सयौँ बाध्यता छन् यता झुप्रोभित्र,
सितारा बिछ्याइन्छ घरमा कसैको ।
तिमी जून भेट्न उड्यौ मन खुशी छ,
अँध्यारो हटेछ, नजरमा कसैको ।
फुल्यो फूल डाँडाभरी फक्रिएर
सधैँ हुन्छ काँडा सफरमा कसैको ।
जसै सम्झिएथेँ तिमी आइपुग्यौ
भएँ बेखबर झैँ खबरमा कसैको ।
- खैरहनी नगरपालिका -३
चितवन ।