Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -सुश्री रीना खड्का

गजल -सुश्री रीना खड्का

नेप्लिज डायस्पोरा

१८, भाद्र २०७७
images
गजल -सुश्री रीना खड्का


मानिसहरूमा आजभोली मानवीय भावना सढेको सढ्यैछ
महामारीले यता झनै आक्रान्तको सङ्ख्या बढेको बढ्यैछ ।

कति महानुभावको व्यापार व्यवसायमा हानी पुग्यो होला
अकालमा देश-विदेशमा मर्नेहरूको लाश डढेको डढ्यैछ ।

डाक्टर र नर्सहरुले धेरैलाई स्वस्थ उपचार चलाए पनि
मृत्युको खबर जनताले अखबारमा पढेको पढ्यैछ ।

सरकारको निषेधाज्ञा पालन गर्न अावश्यक नठानेर होला
त्यही लापर्वाहीले गर्दा हजारौँको बली चढेको चढ्यैछ ।

सबैसँग बिन्ती छ कि सरकारी नियमको पालन गर्नु होला
लापर्वाहीले साराको आज रगतको रातो रङ गढेको गढ्यैछ ।

- मोगाउँ, म्यान्मार ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०६:०७:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend