Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भुपुले छोडेपछि उसैको याद बारम्बार (गजल) -कृष्ण खनाल (सफल)

भुपुले छोडेपछि उसैको याद बारम्बार (गजल) -कृष्ण खनाल (सफल)

नेप्लिज डायस्पोरा

१९, भाद्र २०७७
images
भुपुले छोडेपछि उसैको याद बारम्बार (गजल) -कृष्ण खनाल (सफल)


भुपुले छोडेपछि उसैको याद बारम्बार आयो
एउटा पीडा अनि अर्को आँसु उपहार आयो

ऋण काडेर धन पैसा कमाउन हिँडेको मान्छे
उतै परदेशमा मर्यो अरे भन्ने समाचार आयो

कोरोना र भोकमरीले गर्दा मर्नै लागेको बेला
सरकारले पैसा दिएपछि बाँच्ने आधार आयो

नसोध यति धेरै खुशी हुनुको कारण मलाई
मैले सय दिएँ प्रिय बदलामा त हजार आयो

जुन ढुङ्गालाई नि मैले कुल्चेर हिँडेको थिएँ
त्यही ढुङ्गा लिएर भगवानको अवतार आयो

दियो जस्तै जिन्दगी उज्यालो बनाउँछु भन्थें
नभन्दै जीवनमा हुरि आयो अन्धकार आयो

बुद्धभुमी २, गोरुसिङ्गे,
कपिलवस्तु, नेपाल

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - ०१:०५:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend