Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दाग (लघुकथा) -राजु क्षत्री 'अपुरो'

दाग (लघुकथा) -राजु क्षत्री 'अपुरो'

नेप्लिज डायस्पोरा

२९, भाद्र २०७७
images
दाग (लघुकथा)  -राजु क्षत्री 'अपुरो'

 

अकस्मात हृदयघात भई उसको मृत्यु भयो । परिवार र आफन्तहरूमा रुवाबासी चल्यो र खवर क्षणभरमै टाढा टाढासम्म फैलियो । सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले ।

उसको लाश आँगनमा राखिएको थियो । धेरै मानिसहरू लाशको वरिपरि थिए । लाश उठाएर घाटमा लगि हाल्न कसैलाई मन लागेकै थिएन तर लैजानै पर्थ्यो ।अति दुखित मन लिएर लाश उठाइयो । उसलाई चिन्ने जान्ने जति सबै मलामी बने । देख्नेहरूले भने, "मलामी भने कमाएकै रहेछ ।" लाशलाई घाटसम्म पुर्‍याएपछि चितामा राखियो । अन्तिम बिदाई हुनुपूर्व एक जना नेता जस्ता देखिने व्यक्तिले उनको गुणगानमा दुई शब्द बोले र एक मिनेट मौन धारणा गर्न आग्रह गरे ।

तत्पश्चात् हेर्दाहेर्दै त्यहाँ आधाभन्दा बढी मानिसहरू आ -आफ्नो गन्तव्यतिर लागिसकेका दृश्य देखिन्थ्यो । चिता नजिक केही आफन्तहरू मात्रै बाँकी थिए । तिनीहरूबीच एकापसमा खुसुर पुसुर गर्दै गरेको सुनियो ।

" ए !, हाम्रै पार्टीको मान्छे भन्ठानेको त, भौतिक रुपमा हाम्रो पार्टीलाई र द्वन्दकालमा विपक्षी पार्टीलाई पटक-पटक थुप्रै आर्थिक सहयोग पो गरेको रहेछ ।"
अघिसम्म बिलौना गरेर रुनेहरू मध्येको एक जनाले अलि चर्कै स्वरले भन्यो - "गद्दार ! बेलैमा मर्‍यो , राम्रै भयो ।"
तर, उसले गरेको सहयोग स्वैच्छिक थिएन । यो कुरा चाहीँ मृतकले बुझाउने मौकै पाएको थिएन ।

- लाहाचोक, कास्की ।

2.jpg

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०१:५५:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend