साग, सिस्नु र खोले खाए पनि पुग्छ, अघाउनको लागि ।
मनमा शान्ति हुनुपर्छ,खुशी हुनुपर्छ मुस्कुराउनको लागि ।
हिजो खुट्टामा चप्पल थिएन, आज राजधानीमा घर छ
हाम्रो देशमा नेता हुनुपर्छ, धन,दौलत कमाउनको लागि ।
उस्लाई थाहा भएन, बोल्दाबोल्दै उस्को जीवन सकिन्छ
उस्ले झुठमाथि झुठ बोलेको हो, झुठ लुकाउनको लागि ।
तिम्रो माया मिल्छ भने, म तिमीलाई पनि छोड्न सक्छु
कुनै कुराहरू गुमाउनु पर्छ, कुनै कुराहरू पाउनका लागि ।
तिमीले लोभ-लालच गरेर, करोडौं किन ? बचाएका छौ
पाँच भारी दाउराले पुग्छ, तिम्रो चिता जलाउनको लागि ।
हो म सिपाही हुँ, मलाई यो कुरामा सधै गर्व लागेको छ
मेरो यो प्राण जानेछ, मेरो यो देशलाई बचाउनको लागि ।
- मोदी गाउँपालिका-२
देउपुर, पर्वत ।