Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बिम्ब कविताहरू ✍️ दावा तामाङ्ग

बिम्ब कविताहरू ✍️ दावा तामाङ्ग

नेप्लिज डायस्पोरा

२९, भाद्र २०७७
images
बिम्ब कविताहरू ✍️ दावा तामाङ्ग

 


१)

स्वर्गीय
चीर आत्माहरू
स्वर्गमा गर्वले भन्दा हुन्
हाम्रा नामको बाटाहरू सरकारी भए ।


२)

तिमी छैनौ भनी
कसरी भनौं लाग्छ
तिमीभित्र म बाहिर ।


३)

जीवनको के भर
यहाँ अदृश्य भई
लुकामारी खेल्दैछन् यमराजका सन्तानहरू ।


४)

दु:ख
पीडाहरू माझ
टुप्लुक्क आएर जाने
दुई दिने टाढाको पहुना ।


५)

धर्मको
नाममा कर्म बेचायो
धिर्धम तीर्थ ध्ययो
पूण्य के हो बुझ्नै सकेन् ।


६)

बलात्कारी
खुलेआम घुम्छ
बलात्कृत जीवन बित्छ
अन्धो कानूनी न्यायको आशमा ।

 

- नागरी चियाबारी, मगरजुङ दाँरी गाउँ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०२:१६:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend