Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेस्को नर्वेद्वारा आयोजित दशैं कप क्रिकेट प्रतियोगिता २०२० सम्पन्न ( तस्बिर सहित )

नेस्को नर्वेद्वारा आयोजित दशैं कप क्रिकेट प्रतियोगिता २०२० सम्पन्न ( तस्बिर सहित )

नेप्लिज डायस्पोरा

३०, भाद्र २०७७
images
नेस्को नर्वेद्वारा आयोजित दशैं कप क्रिकेट प्रतियोगिता २०२० सम्पन्न ( तस्बिर सहित )

दर्पण तिमिल्सिना
ओस्लो, नर्वे

नेप्लिज स्टुडेण्ट कम्युनिटी इन ओस्लो (नेस्को) नर्वेको आयोजना र रेगुलर एथ्लेटिक्स ग्रुप अफ स्टुडेण्ट ( रागोंस) को सहयोगमा आयोजित दशैं कप क्रिकेट प्रतियोगिता २०२० सम्पन्न भएको छ। आइतबार भएको फाइनल खेलमा आयोजक नेस्कोले एनआरएनए नर्वेलाई ४ विकेटले हराउदै उपाधी कब्जा गरेको हो।

निर्धारित १२ ओभरको फाइनल खेलमा एनआरएनए नर्वेले दिएको ६५ रनको चुनौतीलाई नेस्कोले २ ओभर बाँकी छदै भेटाएको थियो। विजेता नेस्कोले कप संगै नगद ४००० क्रोनर (नेपाली करिब रु. ५० हजार ) हात पारेको छ भने उपविजेता एनआरएनए नर्वे ले कप सहित नगद २५०० क्रोनर (नेपाली करिब रु. ३० हजार) मा चित्त बुझाएको छ।

ओस्लो स्थित क्रिन्सो खेल मैदानमा शनिबार र आइतबार गरि २ दिनसम्म खेलाइएको खेलमा नर्वेमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका ८ समुहले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा 'फेयर प्ले अवार्ड' नेपाली पोर्चुगिज समाज (नेपोस) ले पाएको थियो। प्रतियोगितामा उत्कृष्ट ब्याटिंग गरेका नेस्कोका खेलाडी सुनिल केसि 'बेस्ट ब्याट्समेन' र उत्कृष्ट वलिङ्ग गरेका नेस्को कै समिप भुर्तेल 'बेस्ट बलर' घोषित भएका थिए । साथै खेल अवधि भर उत्कृष्ट प्रदर्शन गरेका नेस्को नर्वेका खेलाडी अमन अन्सारी 'म्यान अफ द सेरिज' घोषित भएका थिए। विजेता खेलाडीहरुलाई नगद र ट्रफीले पुरस्कृत गरिएको थियो।

पुरस्कार वितरण समारोहको औपचारिक कार्यक्रम नेपाली बिध्यार्थी समाज ओस्लो (नेस्को) का अध्यक्ष प्रबिन पराजुलीको सभापतित्व तथा एनआरएनए नर्वेका अध्यक्ष नयन मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नयन मल्लले पछिल्लो समय निकै लोकप्रिय र रुचाइएको क्रिकेट खेलले नर्वेमा रहेका नेपालीहरु प्रति आत्मियता प्रगाढ बन्दै गएको र यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

आयोजक संस्थाका अध्यक्ष तथा सभापति प्रबिन पराजुलीले खेल भव्यताका साथ सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण नर्वेबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतियोगिताको सहयोगी संस्था रागोंसका अध्यक्ष एवम् क्रिकेट प्रतियोगिताका संयोजक बिक्रम बस्नेतले विदेशमा पढाइ र कामको बोझका बाबजुद खेलाइने यस्ता खेलले नेपाली नेपालीबिच भाइचारा बढाउने र खेल मार्फत स्वस्थ बनाउने अभियानमा विशेष महत्व राख्ने बताएका थिए। औपचारिक कार्यक्रमको संचालन नेस्कोका भुवन पौडेलले गरेका थिए।

2.jpg

 

3.jpg

 

4.jpg

 

5.jpg

 

6.jpg

 

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - २१:१२:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend