Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नर्वेको ओस्लोमा मोति जयन्ति, संसारभरका साहित्यकारले गरे रचना वाचन

नर्वेको ओस्लोमा मोति जयन्ति, संसारभरका साहित्यकारले गरे रचना वाचन

नेप्लिज डायस्पोरा

५, आश्विन २०७७
images
नर्वेको ओस्लोमा मोति जयन्ति, संसारभरका साहित्यकारले गरे रचना वाचन

दर्पण तिमिल्सिना
ओस्लो, नर्वे


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्बेले राष्ट्रिय विभुति युवाकवि मोतिराम भट्टको १५५ औं जन्म जयन्तिको अवसर पारेर रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कोरोना कहरको विषम परिस्थितिका कारण अनलाइन प्रविधि मार्फत विभिन्न साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । जुम मार्फत करिब ३ घन्टा चलेको उक्त कार्यक्रममा विभिन्न देशमा छरिएर रहनुभएका ३ दर्जन बढी नेपाली साहित्यकारहरुले आफ्ना रचना वाचन गर्नुभएको थियो ।


अनेसास नर्वेकी अध्यक्ष विष्णुमाया विभुको सभापतित्वमा सम्पन्न उक्त भर्चुअल कार्यक्रमको प्रमुख आतिथ्य नेपालबाट गजल ज्ञानमणी प्रा. डा.घनश्याम परिश्रमीले गर्नु भएको थियो । प्रमुख अतिथि डा.परिश्रमीले मोतिराम भट्टले नेपाली साहित्य जगतमा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो।


साथै, कार्यक्रममा बोल्दै अनेसास नर्वेको कार्यसमिति सल्लाहकार प्रा.डा. बिशाल सिटौलाले साहित्य र समाजको सम्बन्ध बारे आफ्ना बिचार राख्नु भएको थियो । कोभिड-19 ले अस्तब्यस्त विश्व परिवेशमा हरेक दिन आइरहेका नकारात्मक समाचारहरुको बिचमा साहित्यले सकारात्मक सन्देश दिन सक्ने भएकोले यस्ता कार्यक्रमको महत्व बढ्दै गइरहेको बनाउनु भएको थियो ।


कार्यक्रममा नेपालबाट साहित्यकारहरु गोर्खे साँहिलो, भुपेन्द्र शर्मा , सदानन्द अभागी , कृष्ण देवी शर्मा, गजलकारहरु धनराज गिरी, प्रिया पत्थर श्रेष्ठ, कविहरु सन्तोष कु. पोख्रेल , ओम कु. बन्जारा लगायतका विशिष्ट व्यक्तित्वहरुले आफ्ना रचना बाचन गर्नु भएको थियो ।


त्यसै गरि साहित्यकार शारदा पौडेल निशा (स्पेन), पुर्ण कुमार शर्मा (भारत) , कवि सुधिर राना (फ्रान्स), अर्जुन राज पन्त (अमेरिका) , हरि प्रसाद अधिकारी (अष्ट्रेलिया), सन्तोष समिप लुइँटेल (साउदी अरब)ले विभिन्न रचना प्रस्तुत गर्नु भएको थियो ।


अनेसास नर्वे च्याप्टरका कार्यसमिति उपाध्यक्ष राजन सुवेदीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजिकरण च्याप्टर कि अध्यक्ष बिष्णुमाया विभुले गर्नुभएको थियो।

2.jpg

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - २०:११:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend