Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गाभिने भए तिन वित्तीय संस्था, मर्जर पछिको अध्यक्षमा जगत पोख्रेल हुने सहमति

गाभिने भए तिन वित्तीय संस्था, मर्जर पछिको अध्यक्षमा जगत पोख्रेल हुने सहमति

images
गाभिने भए तिन वित्तीय संस्था, मर्जर पछिको अध्यक्षमा जगत पोख्रेल हुने सहमति

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त बित्तिय संस्था,सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था र शालीग्राम लघुवित्त वित्तिय संस्था एकआपसमा गाभिने भएका छन् । शुक्रवार बाग्लुगंमा भएको एक कार्यक्रममा तिन वित्तिय संस्थाका अध्यक्षहरु बिच एक आपसमा गाभिने सहमती भएको हो । कार्यक्रममा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोख्रेल,सिवाईसी नेपाल लघुवित्त संस्थाका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । बनेपा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी,बाग्लुगं केन्द्रिय कार्यालय रहेको सिवाईसी र वेनी केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त संस्थाहरुबिच एक मर्जर समिती गठन गरि कारोवार गर्ने सहमती भएको छ । तिन सस्थाहरुको मर्जरपछिको अध्यक्षमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोख्रेल रहने तय भएको छ ।

मर्जर समितीमा प्रथम पक्ष आरम्भ चौतारीका तर्फवाट सन्तोष पोख्रेल,केशवराज पन्थी, दिपकुमार बुढाथोकी सिवाईसी नेपालको तर्फवाट डोलेन्द्र प्रसाद शर्मा, अमृतकुमार उपाध्याय र शालिग्रामको तर्फवाट सन्तोष शर्मा रहने सहमती पत्रमा उल्लेख छ । मर्जर पछिको लघुवित्त  संस्थाको प्रमुख कार्यकारी अधिकृत भने खुल्ला प्रतिस्प्रधावाट नियुक्त गरिने भएको छ

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - २१:५६:०१ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend