Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ट्रंप र वाईडेनको पहिलो बहसभित्रका पहेली -संजय थापा

ट्रंप र वाईडेनको पहिलो बहसभित्रका पहेली -संजय थापा

नेप्लिज डायस्पोरा

१५, आश्विन २०७७
images
ट्रंप र वाईडेनको पहिलो बहसभित्रका पहेली -संजय थापा

संयुक्त राज्यका अमेरिकाको यही नोभेम्वर महिनामा हुने राष्ट्रपति निर्वाचनको लागि हिजो राती पुर्वि समय ९:०० बजे पहिलो बहस सम्पन्न भएपछी आम मतदाताबीच राजनीतिक छलफल र अड्कलबाजी पनि शुरु भएको छ । राष्ट्रपती डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेद्वार पुर्व उपराष्ट्रपती जो वाईडेन बीचको डेड घण्टाभन्दा अलि लामो समय बहस भएको थियो। पहिलो बहस एक अर्कालाई वोल्ने क्रममा निरन्तर बाधा पुर्‍याए पछी मोडरेटर फक्स न्युजका ’क्रिस वालेसलाई बहसको कार्यवाहीमाथि नियन्त्रण कायम राख्न संघर्ष गर्न परेको थियो।

मलाई लाग्दैन कि यो बहस कसैले जिते र यही बहसको आधारमा अमेरिकी जनताले आफ्नो राष्ट्रपतीलाई चुन्छन ।आगामी बहस कसरी गर्ने भन्ने बारेमा र बहसलाई कसरी नियन्त्रण गर्न भन्ने बारेमा संचालकले अझ राम्रो तयारी गर्न पर्ने देखिन्छ । ट्रम्प र वाईडेनको लागि अक्टोबर 15 र अक्टुबर २२ अरु दुई २ वटा बहसका कार्यक्रम बनाइएको छ।

बहसपछी समग्र अवस्था कस्तो रहन्छ हेर्न बाँकी नै छ ।

हामी सबैले बहस देख्यौं, यो एक अस्वस्थ बहस देखिन्थ्यो। एकले अर्कोलाई वोल्ने क्रममा अवरोध गरिरहेका थिए। यो क्रम राष्ट्रपती ट्रममा अलि बढी थियो । कार्यक्रम संचालकले ट्रंपलाई तोकेर नै तपाईले बढी अवरोध गर्नु भयो भनेर आरोप लगाएका थिए।

यो निर्वाचनको पुर्व सन्ध्याको अवस्था चार वर्ष पहिलेको तुलनामा स्वास्थ्य र आर्थिक अवस्थामा कोरोना भाईरसले निम्त्याएको माहामारीको कारण नाजुक छ। ट्रम्पलाई महामारीको आएकोमा दोष दिन मिल्दैन, तर सुरुको अवस्थामा उनले गरेको वेवास्ता र स्टक बजार पुरै क्रयास भएपछी मात्र उनलाई तातो लागेको र नियन्त्रणमा उनले खेलेको भुमिका अत्यन्त कमजोर भएको आरोप उनि माथि छ ।

यो बहसमा पुरै समय एकले अर्कोलाई आक्रमण गरि नै रहेको देखियो। चाहे त्यो कोरोना भाइरस महामारी विषय होस, सुप्रीम कोर्टको विषय होस र अर्थव्यवस्था होस साथै एक अर्काको परिवार परिवारिक तथा अन्य केहिमा होस्।

एउटा प्रसंगमा जो वाईडेनले ट्रम्पलाई “will you shut up man !” सम्मको शव्द प्रयोग गरे। उनले ट्रम्पलाई दुई पटक 'क्लाउन' पनि भन्न भ्याए। क्लाउनको अर्थ 'भांड, जोकर र गँवार' भन्ने हुन्छ। वाईडेनले तिमी अमेरिकाको अहिले सम्मको खराव राष्ट्रपती हौ पनि भने । जुन पदासिन राष्ट्रपतिको लागि लज्जाको बिषय हो।

अर्थतन्त्र सम्वन्धी प्रस्नमा ट्रमवाट पनि वाईडेनलाई “China ate your lunch” भन्ने वाक्य प्रयोग भएको थियो। वहसको पहिलो प्रश्न सर्वोच्च अदालतको बारेमा थियो। जहाँ ट्रम्पले न्याधिश Ruth Bader Ginsburg को मृत्युबाट रिक्त रहेको स्थानमा रूढिवादी न्यायाधीश Amy Coney Barrett लाई नियुक्ति गरेका थिए । यो विषयमा राष्ट्रपती ट्रमको भनाई थियो की "त्यो मेरो अधिकारको कुरा ह।" तर वाईडेनले भने अमेरिकी जनतालाई सोध्ने अघिकार छ, किन तिमीले निर्वाचनसम्म कुर्न सकेनौ ? डेमोक्रेटिक उम्मेदवार पुर्व उपराष्ट्रपति वाईडेनले यति भनि नसक्दै राष्ट्रपतिले प्रतिकार गरे त्यसपछी दुवै जना अलि धेरै अस्वाभाविक विवादमा लागेको देखियो ।

वहसको दोस्रो विषय थियो स्वास्थ्य सेवाको कार्यक्रम संचालकले पूर्व वराक ओवामाले लागु गरेको “Obama Care” ऐनलाई प्रतिस्थापित गर्न विस्तृत योजना लागू नगरेको बारेमा उनको प्रश्नमा फेरी विवादमा सुरु भयो । राष्ट्रपती ट्रमले वाईडेनसंग मात्र बादबिबाद गरेनन, उनले प्रश्नकर्ता पत्रकारसंग पनि नोकझोक गरे। उनले एकपटक भने, "मलाई लाग्दैछ कि म तपाईसंग बहस गर्दैछु, वाईडेनसंग होईन !"

वालेसले कोरोनाभाइरसको विषय सार्दा वाईडेनले भने: “यो वास्तवमै उत्पादनशील क्षेत्र थियो।” वाईडेनले भने ट्रम्पले कोविडलाई गम्भीर रूपमा लिएनन र राष्ट्रपतिको प्रशासनले यस रोगको गम्भीरताबारे जनतालाई पुर्व जानकारी दिएनन।

कार्यक्रमको तेस्रो विषय थियो अर्थ व्यवस्था थियो।

कोरोना भाईरको कारण अर्थतन्त्रमा परेको असरको वारेमा दुवै उम्मेदवारको आआफ्नै तर्कहरु थिए । ट्रम्पले आफ्नो व्यापारमैत्री कर कटौती र शेयर बजारवाट भएका फाइदाहरू प्रकाश पारेका थिए भने वाईडेनले ओबामा प्रशासनमा आफु उपराष्ट्रपति रहँदा महत्वपूर्ण रोजगारी सिर्जना भएको उल्लेख गरे।
ट्रम्पले भने, “जब शेयर बजार माथि जान्छ, यसको मतलब रोजगार हो। यसको मतलब 401 (के) को पनि हुन्छ। " यदि तपाईं आफ्नो विचारहरू लिएर राष्ट्रपति बन्नुभयो भने - तपाईं मेरो कर कटौती योजना समाप्त गर्न चाहानुहुन्छ र तपाईंले यहाँ भर्नुभएको आधा कम्पनीहरू हराउनेछन। तिनीहरु जान्छन ।
बाईडेनले भने: "हामी आर्थिक रूपमा सुधार गर्न सक्षम भएका थियौ। जसले धेरै रोजगारी सिर्जना गरेको थियो र त्यो अवस्था तपाईंलाई हस्तान्तरण गरेका थियौ ।

ट्रम्पले बाईडेनको छोरा हन्टरलाई उसको परामर्श व्यवसायको कारण भ्रामक आक्रमण गरे । चीनले तपाईंको खाना खान्छ त्यसमा अचम्म मान्नु पर्दैन त्यस वापत प्रवन्ध गर्न तपाईको छोराले अरवौ डलर लियर आउछ । र आफुले लाखौं डलर बनाउँछन् । तर वाईडेनले उक्त आरोपको खण्डन गर्दै यो शत्य होईन भने ।
ट्रम्पले पुन अर्को निराधार आरोपलाई निरन्तरता दिए: “यो मेरो कौतुहलता मात्र हो किन मस्कोको मेहेरको पत्नीले तपाईंको छोरालाई $3.5 मिलियन दिएको ? त्यो कुनै पनि सत्य होइन" बाईडेनले फेरि भने।

यस किसिमको आरोप प्रत्यारोप केही मिनेटसम्म चलि नै रहेको देखियो ।

राष्ट्रिय बहस एक पटक पारिवारिक बिषयमा पनि पुगेर अल्झियो। ट्रंपले वाईडेनको छोराको कुरा निकालेपछि वाईडेनले भने निर्वाचन आयोगसंग पारिवारिक कुरा नगर्ने सम्झौता भएको कुरा स्मरण पनि गराए र भने, "हामीले सम्झौता गरेका छौं, परिवार र नैतिकताको कुरा म गर्न चाहन्न। तपाईको परिवारको हामी रातभर कुरा गर्न सक्छौं।" बाईडेनले यो अफ्ठेरोलाई अवसरमा परिणत गरे र क्यामेरातर्फ हेरेर अमेरिकी जनतासंग बोले। "यहा आज हाम्रो परिवारको बारेमा हैन, अमेरिकी जनता तपाईहरुको बारेमा हो।"

वालेसले त्यसपछि विषय परिवर्तन गर्नुभयो।

तर बहसको बेलामा ट्रम्प फेरी हंटरमा फर्किए र बाईडेनको छोराको बारेमा भने “ ऊ सेनावाट बाहिर फ्याकिएको व्यक्ति हो ।"
ट्रम्प स्वेत सर्वोच्चतावादीहरूको स्पष्ट रूपमा भर्त्सना गर्दैन र उनीहरूलाई अमेरिकामा अरुले गर्ने सवै आन्दोलन हिंसात्मक लाग्छ र जर्ज फोयड हत्या काण्डको विरोधमा भएको प्रदर्शन र प्रदर्शनकारीहरूलाई एन्टिफा र कट्टर वामपन्थी तर्फ संकेत गरे। ट्रम्पले प्रदर्शनमा भएको हिंसालाई औंल्याउँदै भने, "I would say almost everything I see is from the left wing."

बहसको अन्त्यतिर वालेसले सोधे "चुनावको निस्पक्षताको सन्दर्भमा अमेरिकी अमेरिकी जनतालाई कत्तिको आश्वस्त पार्न सक्नु हुन्छ ? जवाफमा वाईडेनले नागरिकहरूलाई निरन्तर भोट हाल्न आग्रह गरे र भने हुलाकबाट आउने मत पत्रमा कुनै पनि त्यस्तो सम्भावना छैन कि मतपत्रहरू हेरफेर वा छलीकरणको स्रोत हो।" ट्रम्पले बारम्बार चेतावनी दिएका थिए प्रमाणविनाको महामारीको कारणले मेल-इन मतपत्रहरूको बाढीले २०२० को चुनावमा व्यापक धादली निम्त्याउँछ। गत हप्ता मात्र, ट्रम्पले चुनावमा वाईडेनले हराएमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध हुन अस्वीकार गरेका छन। वाईडेनले भने उनि मानिसहरूलाई मेल ईन मतको वारेमा सोच्न र तर्साउन खोज्दै छन कि यो वैध हुने छैन, ”तपाईहरु ढुक्क संग मतदान गर्नुहोस र चुनावको नतीजाको प्रतिक्षा गर्नुहोस। "

यसको जवाफमा ट्रम्पले चुनावको नतिजामा संका व्यक्त गरे र भने, "यो राम्रो अन्त्य हुँदैन, यो एक धोखा हुनेछ जस्तो तपाईले कहिल्यै देख्नु भएको छैन।"
यसैसंग पहिलो बहस समाप्त भएको छ र हेरो दोस्रो र तेस्रो बहस गर्ने स्थान, समय र मिति तोकीसकिएको छ।

राष्ट्रपती उम्मेदवार वहस पुर्व हल्का जो वाईडेनले निर्वाचन जित्नेछन भन्ने चर्चा चल्दै थियो अव के हुन्छ प्रतिक्षाको विषय छ ।


न्युयोर्क, अमेरिका

(लेखक थापा एनआरएनए अमेरिकाको सल्लाहकार हुनुहुन्छ। नेपालमा हुँदा राजनीतिमा रुचि राख्ने थापा अमेरिकामा सामाजिक सेवामा संलग्न हुनुहुन्छ। बिभिन्न सामाजिक र राजनीतिक संस्थाहरुमा समेत नेतृत्व गरिसक्नु भएको छ। -सम्पादक। )

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०६:०६:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend