Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रवासका साहित्यकारको सदस्यता अद्यावधिक हुने

प्रवासका साहित्यकारको सदस्यता अद्यावधिक हुने

नेप्लिज डायस्पोरा

१६, आश्विन २०७७
images
प्रवासका साहित्यकारको सदस्यता अद्यावधिक हुने

 


अमेरिका ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्यहरूको नामावली दुरुस्त राख्न गठित अनेसास आजीवन सदस्यता अद्यावधिक समितिले काम सुरु गरेको छ ।

यस समितिले आजीवन सदस्यताको नामावली व्यवस्थित गर्ने र अनेसासका च्याप्टर र केन्द्रसँग समान्वय गरी छुटेको नाम आवश्यक प्रामाणिक गरी सूचिकृत गर्ने छ ।

निर्वाचनका समयमा देखिएका प्राविधिक समस्याहरूको दीर्घकालीन समाधान खोज्न पहल गर्ने उद्देश्यले उक्त समिति हालै गठन भएको थियो ।

समितिले बिहीबारबाट काम सुरु गरेको छ । काम आरम्भ गरेको मितिले तीन महिनाभित्र समितिले प्रतिवेदन बुझाउने योजना अनुरुप काम आरम्भ भएको हो । डा.चूडामणि खनालको संयोजकत्वमा गठित उक्त समितिमा विजयराज भट्टराई, तीर्थराज पाण्डे, पुष्पा खनाल र कुमारबाबु सिंखडा सदस्य रहेका छन् ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै बसेको अनेसासको बैठकले उक्त निर्णय गरेको हो |

समितिको यस कार्यबाट विगतदेखि नै चुनावमा इमेल प्राप्त नभएको वा मतदान गर्न नपाएको भन्ने आजीवन सदस्यहरूको गुनासोको समाधान हुने विश्वास गरिएको अध्यक्ष माइलाले बताएका छन्।

समाचार स्रोत: नेपाली साहित्य घरबाट

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - ०१:१६:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend