Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

साहित्यकार पदम विश्वकर्माको नाममा 'पदम विश्वकर्मा साहित्य प्रतिष्ठान' स्थापना

साहित्यकार पदम विश्वकर्माको नाममा 'पदम विश्वकर्मा साहित्य प्रतिष्ठान' स्थापना

नेप्लिज डायस्पोरा

१६, आश्विन २०७७
images
साहित्यकार पदम विश्वकर्माको नाममा 'पदम विश्वकर्मा साहित्य प्रतिष्ठान' स्थापना

अमेरिका

उत्पीडित, पिछडिएका वर्गको उत्थान, विकास र उन्नयनका सन्देशहरु प्रदान गर्ने कृतिहरु नियमित रुपमा प्रकाशन गर्ने,साहित्यको माध्यमबाट यस क्षेत्रमा विशिष्ट योगदान पुर्याएका साहित्यकारहरुलाई पुरस्कृत गर्ने, विद्यालय स्तरमा भेदभाव विरुद्ध जनचेतना अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा कविता प्रतियोगिता आयोजना गर्ने र यस समुदायका साहित्य, कला तथा संस्कृतिको अध्ययन, अनुसन्धानका कार्यहरु गर्ने उद्धेश्य अनुरुप “पदम विश्वकर्मा साहित्य प्रतिष्ठान” स्थापना गरिएको छ।

अमेरिका रहेर नेपाली साहित्यमा बर्षौंदेखि कलम चलाउँदै आउनु भएका साहित्यकार 'पदम विश्वकर्मा' ले साथीहरुको अनुरोध र सहकार्यमा प्रतिष्ठानको स्थापना गर्नु भएको हो।

साहित्यकार रणेन्द्र बराली, साहित्यकार तथा वहराइनका लागि नेपाली राजदुत पदम सुन्दास तथा नेपाल सरकारका सचिव डा.मानबहादुर विश्वकर्मा सल्लाहकार रहने गरी एक समिति गठन गरिएको छ।

समितिको अध्यक्षता साहित्यकार पदम विश्वकर्मा स्वयं रहनु भएकोछ। सचिवमा कवि हरिशरण परियार, कोषाध्यक्षमा अधिकारकर्मी अमृत विश्वकर्मा, सदस्यमा महिला अधिकार कर्मी गौरा नेपाली र एक सदस्य पछि थप गर्ने गरी प्रतिष्ठान समिति गठन गरिएको छ। प्रतिष्ठानको उद्धेश्य प्राप्तिका लागि निर्देशिका निर्माण गर्नुका साथै उक्त पुरस्कारहरु हरेक वर्ष सेप्टेम्बर ३० का दिन प्रदान गर्ने निर्णय गरिएको सचिव हरिशरण परियारले बताउनु भयो।

उक्त प्रतिष्ठान अमेरिकामा दर्ता भईसकेको छ। अध्यक्ष तथा साहित्यकार पदम विश्वकर्माले प्रतिष्ठानबाट चार मुख्य काम गर्न लागेको नेप्लिज डायस्पोरालाई जानकारी दिनु भयो। उहाँका अनुसार हरेक बर्ष कृति प्रकाशन गरिनेछ। यो बर्ष ६० जना साहित्यकारहरुको कविता समेटिएको पुस्तक बजारमा आउदैछ। दोस्रो काम अन्तर्गत हरेक बर्ष नेपालभरीका बिद्यार्थीहरुको बीचमा छुवाछुत बिरुद्ध कविता प्रतियोगिता गरिनेछ। तेस्रो काम अन्तर्गत दलित आन्दोलनमा सक्रिय साहित्यकारहरुलाई सम्मान गरिनेछ। र चौथो काम अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा छुवाछुत बिषयमा पिएचडी अध्ययन गर्ने बिद्यार्थीलाई हरेक बर्ष ५० हजारको छात्रवृत्ति प्रदान गरिने छ (जुन केहि बर्षदेखि भईरहेको कामको निरन्तरता हो।

"पैसा भएर होइन आफ्नै खर्च कम गरेर भएपनि केहि रचनात्मक काम गरौँ भन्ने लाग्यो। श्रीमती र छोराहरुले सहमति दिएपछि प्रतिष्ठान दर्ता गरेको हुँ।" विश्वकर्माले नेप्लिज डायस्पोरासंग भन्नुभयो।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - ०१:४६:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend